Wednesday, November 20

समाचार

भारतले तत्काल नक्सा सच्याउनु पर्छ: उपसभापति गच्छदार

भारतले तत्काल नक्सा सच्याउनु पर्छ: उपसभापति गच्छदार

Posted in समाचार
नेपाली काङ्ग्रेसका उपसभापति विजयकुुमार गच्छदारले भारतले जारी गरेको नेपालको भूमिसहितको नक्सा अविलम्व सच्याउनु पर्ने बताउनुभएको छ ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कालापानी, लिपुुलेक र लिम्पियाधुरा नेपालको भू–भाग भएकाले भारत सरकारले तत्काल नक्सा सच्याई अतिक्रमण गरिएको नेपाली भू–भागबाट तत्काल फिर्ता गर्नुुुपर्नेमा जोड दिनुभयो । “नेपालको एक इन्च भू–भाग पनि अतिक्रमण गर्ने कुुरा नेपाली जनतालाई सह्य हुँदैन्”, उहाँले भन्नुभयो । आफ्नो देशको भूमि अतिक्रमण गर्दा जनताले विरोध गर्नु स्वभाविक भएको उहाँले प्रष्ट पार्नुभयो । अतिक्रमण भएको भू–भाग र्फिता गराउने विषयमा सबै राजनीतिक दल एक भएकाले यस सम्बन्धमा सरकारले कूटनीतिक पहल गरी भारत सरकारसँग ठोस वार्ता एवं छलफल गर्नुपर्ने उपसभापति गच्छदारको भनाइ थियो । सरकारले प्रतिपक्षसँग सहमति, साझेदारी एवं विश्वासको आधारमा राज्य सञ्चालन गरे
आलमको विपक्षमा बहस गर्ने वकिललाई सुरक्षा थ्रे ट, फेसबुकमा लेखे यस्तो स्टाटस

आलमको विपक्षमा बहस गर्ने वकिललाई सुरक्षा थ्रे ट, फेसबुकमा लेखे यस्तो स्टाटस

Posted in समाचार
ब*म वि*स्फो*ट*का घा इतेलाई इँटाभट्टामा ज ला एर ह त्या गरेको आ रोप लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद आफताब आलमवि रुद्ध बहस गर्ने वकिल र घटनाका साक्षीलाई सुरक्षा थ्रे ट बढेको छ वकिलहरूले बताएका छन् । वकिलहरुकाअनुसार सुरक्षा थ् रेटका कारण उक्त घटनाका साक्षीहरुलेसमेत बयान दिन मानिरहेका छैनन् । पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक युवराज संग्रौलाले सुरक्षाको कारण घटनाका साक्षीहरुले बयान बद्ली रहेको बताएका छन् । उनले आलमको दबदबाका कारण सुरक्षा निकाय समेत हरदम सतर्क रहनु पर्ने अवस्था रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘बहस सकियो । कुमार शर्मा अचार्य मैले १ घण्टा २० मिनेट बहस गर्यौँ।आलमजीको दबदबा त गजबै लाग्यो । दुई दिनसम्म सर्वसाधारण मानिसका कुरा सुनियो । अरूको त के कुरा सुरक्षा निकायहरू हरदम सतर्क । घरमा गएर समात्न त प्रहरीलाईलाई सम्भव
देशको राष्ट्रवादी शक्ति राप्रपा : अध्यक्ष थापा

देशको राष्ट्रवादी शक्ति राप्रपा : अध्यक्ष थापा

Posted in समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले देशमा राष्ट्रवादी शक्ति राप्रपा भएको दावी गर्नुभएको छ । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रचारप्रसारका सन्दर्भमा पार्टीद्वारा पोखराको बिरौटामा आज आयोजित चुनावी सभामा उहाँले देशमा राष्ट्रवादी शक्ति आवश्यक भएको बताउनुभयो । नेकपा र काङ्ग्रेसको विकल्प पार्टी राप्रपा भएको बताउँदै उहाँले विदेशी दबाबमा हिन्दू धर्म परिवर्तन गराउने सोच कदापि पूरा हुन नसक्ने उल्लेख गर्नुभयो । नेपालको पहिचान सङ्कटमा परेको बताउँदै अध्यक्ष थापाले राप्रपा सत्ता नभई जनता केन्द्रित पार्टी भएको र देशको विकासका लागि लड्न कहिल्यै पछि नहट्ने स्पष्ट पार्नुभयो । हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था राप्रपाको एजेन्डा भएको बताउँदै उहाँले राष्ट्रिय स्वतन्त्रता, एकता र अखण्डताको संरक्षण, सुशासन, पूर्ण धार्मिक स्वतन्त्रतासहित धर्म सापेक्ष सना
घुस लिएको आरोपमा मालपोत कार्यालय कास्कीमा कार्यरत खरिदार भट्टराईविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा मालपोत कार्यालय कास्कीमा कार्यरत खरिदार भट्टराईविरुद्ध मुद्दा दायर

Posted in समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनहरि भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार खरिदार पौडेलले लेखापढी व्यवसायीसँग रु १२ हजार घुस लिएको आरोप लागेको छ । सेवाग्राहीसँग जग्गा नामसारी गर्ने बहानामा खरिदार पौडेलले घुस लिएको आरोपमा आज मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । रासस याे पनि पढ्नुहाेस् तोकिएको समयमा काम सम्पन्न गर्न व्यवसायीहरुलाई मन्त्री जम्मकट्टेलको निर्देशन प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको इलाका प्रहरी कार्यालय र प्रहरी चौकीका भवनहरु समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । काभ्रेपलाञ्चोकको जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आज भएका अन्तरक्रियामा उहाँले निर्माण व्यवसायीहरुला
मनभरी पिडा भएपनि आफ्नो सन्तानको लागि मुस्कुराउने भगवानलाई ‘आमा’ भनिन्छ

मनभरी पिडा भएपनि आफ्नो सन्तानको लागि मुस्कुराउने भगवानलाई ‘आमा’ भनिन्छ

Posted in समाचार
काठमाडौं । पूर्वयुवराज पारस शाह र समलिङ्गी मोडल सोनीका रोकायबीचको अफयर्स चलिरहेको खबरले यतिबेला चर्चा पाएको छ । पारससँग सङ्गत् बढेपछि सोनिकाले अश्लील हर्कतहरु पनि बन्द गरेकी छिन । सार्वजनिकरुपमै अश्लील तथा छाडा शब्दहरु बोल्ने र अर्धनग्न भएर हिड्ने जस्ता कार्यहरुले युटुबर समेत रहेकी सोनीका बेला बखत चर्चामा आउने गरेकी छिन । तिनै सोनीका पूर्व युवराज पारस शाहसँग एकदमै नजिक बनेकी छिन । यो कुरा उनी आफैले स्वीकार गरिसकेकी पनि छिन । पारस सोनीकासँग नजिकिएपछि हिमानीका लगातार भावुक फेसबुक स्टाटस केहि समयअघि थाइल्याण्डकी एक युवतीसँगको सम्बन्ध बाहिरिएपछि पारसपत्नी हिमानी शाह दुखि बनेकी थिइन । अहिले पनि पारस सोनीकासँग नजिकिएपछि हिमानीले लगातार फेसबुकमा भावुक स्टाटस लेखेकी छिन । हिमानीले अक्टोबर ३० मा आफ्नो फेसबुक फ्यान पेजमा लेखेकी छिन् – ‘मान्छे चाहे जतिसुकै पढेलेखेको , धनी , आकर्षक अनि बुद्धिमान भए
घरबेटीले बिजुलीको पैसामा ठगिरहेको छ ? अब कुलमानलाई फोन गर्नुहोस (टेलिफोन नम्बर र तिर्नुपर्ने दररेटसहित)

घरबेटीले बिजुलीको पैसामा ठगिरहेको छ ? अब कुलमानलाई फोन गर्नुहोस (टेलिफोन नम्बर र तिर्नुपर्ने दररेटसहित)

Posted in समाचार
काठमाडौं । के घरबेटीले डेरावालसँग बिजुलीको मिटर बिगार्ने र उठेको बिलभन्दा बढी रकम असुलिरहेका छन् ?यदी तपाईंलाई घरबेटीले बिजुलीको पैसा बढी असुलिरहेका छन् भने अब विद्युत प्राधिकरणमा फोन गर्नुस, त्यस्ता फटाहा द्रब्यपिशाच घरबेटीमाथि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कारबाही गर्दैछन् । यो नम्बरमा गर्नुहोस प्राधिकरणलाई फोन : 977-1-4153051 जेनतेन काम गर्ने र डेरामा बसेर जीविकोपार्जन गर्ने डेरावालहरुलाई घरबेटीहरुले जतिसक्दो चुस्न खोज्छन् । घरबेटीले अत्याचार गर्दा पनि न त राज्यमा गुनासो गर्ने ठाउँ हुन्छ, न त भन्नासाथ कोठा छाडेर जाने स्थिति बन्छ ।तर अब बदमास घरबेटीहरुको लुट्ने दिन सकिँदैछ । डेरावालको कोठामा राखेको मिटर बिगारेर, प्रतियुनिट २० रुपैयाँसम्म असुल्ने यस्ता डाँका घरबेटीहरु अब प्राधिकरणको फन्दामा पर्दैछन् । कुलमान घिसिङले डेरामा बस्ने परिवारसँग उठेभन्दा बढी बिजुलीको रकम अस
भारतको विरोध गर्ने ३७ जना पक्राउ

भारतको विरोध गर्ने ३७ जना पक्राउ

Posted in समाचार
सीमा मिचिएको विरोधमा विद्यार्थीले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ । अखिल (क्रान्तिकारी)को व्यानरमा स्कुल पढ्ने विद्यार्थीसमेत प्रदर्शनमा सहभागी थिए । महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले विद्यार्थीको भेषमा उच्छृंखल गतिविधि गर्ने मनसायले प्रदर्शन गरेकाले ३७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । ‘गलत मनसायले साना विद्यार्थीलाई समेत उचालेर ल्याएको हुनसक्ने देखियो,’ उनले भने, ‘उच्छृंखल गतिविधि गर्नेलाई पक्राउ गरेर छानबिन गरिरहेका छौं ।’
आफ्नो कलेजो बुवालाई दान दिएर पुनर्जन्म दिने महान छोरी “शेयर गरौँ”

आफ्नो कलेजो बुवालाई दान दिएर पुनर्जन्म दिने महान छोरी “शेयर गरौँ”

Posted in समाचार
दुई वर्षअघि बुवाको मुख हेर्ने दिन थियो । सरिता महर्जनले केक ल्याइन् र हिराकाजीका अघिल्तिर राखिदिइन् । केकमा लेखिएको थियो, ‘न्यू लाइफ’ । अनि परिवारका सदस्यले ठूलो स्वरमा भने, ‘ह्याप्पी बर्थ डे टु यू ड्याडी ।’ बाबाको जीवनबाट खोसिएको खुशीलाई फिर्ता ल्याउने यो अर्को प्रयास थियो सरिताको । एक वर्ष बित्यो । फेरि बुवाको मुख हेर्ने दिन आयो । सरिताले उसै गरी केक लिएर राखिदिइन् । त्यसमा लेखिएको थियो, ‘सेकेन्ड इयर’ । तर, यसपटक सरिताले ‘थर्ड इअर’ तेस्रो वर्ष लेखेको केक अर्डर गरिनन् । आमाको निधनको शोकमा छिन् सरिता र बहिनी सरिला । मञ्जुको निधन भएको वर्ष दिन पनि बितेको छैन । सरिताले केक पो काटि्दनन्, तर बुवाको हेरचाह गरिरहेकी छिन् । दुई वर्षअगाडि आफ्नो कलेजो काटेर बुवालाई दिने आँट नदेखाएको भए हिराकाजी शायदै सरितासँग हुन्थे । अहिले लगनटोल, काठमाडाैंस्थित घरमा सरिता, उनकी बहिनी र हिराकाजी छन् । सरिताभ
फाल्गुनन्दको जन्म जयन्तीमा आज सार्वजनिक बिदा

फाल्गुनन्दको जन्म जयन्तीमा आज सार्वजनिक बिदा

Posted in समाचार
भद्रपुर- राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्म जयन्तीको अवसरमा यही कात्तिक २५ गते झापाको कमल गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत सुवास श्रेष्ठले गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा स्थानीय बिदा दिइने निर्णय गरेको आज सूचना जारी गर्नुभएको छ । किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको थियो भने विसं २००५ चैत २२ गते पाँचथरको सिलौटीमा उहाँले देहत्याग गर्नुभएको थियो । किराँत समुदायमा माँसाहारी, मदिरापान र सुर्तीसेवन बन्द गराउन दिनुभएको सन्देशका कारण उहाँलाई महान् समाज सुधारक मानिएको छ । उहाँको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मङ्सिर १६ गते विभूति घोषणा गरेको छ । (रासस)
भारतद्वारा नेपालगञ्ज नाका बन्द

भारतद्वारा नेपालगञ्ज नाका बन्द

Posted in समाचार
काठमाडौं- भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले आज बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ।सिमामा धुसपैट हुन सक्ने जनाउदै भारतीय सुरक्षाकर्मीले नेपाली पक्षलाई जानकारी नगराएर शविबार बिहान देखि उक्त नाका ठप्प पारेको छ । एम्बुलेन्स बाहेकका सवारी साधनमा रोक लगाएको बाँके प्रहरीले जानकारी दिएको छ । मानिसको हिडडुलमा समेत कडाई गरिएपछि ओहोर दोहोर गर्न समस्या भएको प्रहरीको भनाई छ ।सिमामा भएको कडाईबारे नेपाली पक्षलाई पूर्व जानकारी नदिएपनि नाका कहिले सम्मको लागि बन्द गरेको हो केहि खुलाइएको छैन् ।