Thursday, September 19

अन्तर्राष्ट्रिय समाचार

दुखद खबर : विद्यालयमा भएको आगलागीमा परी बालबालिकासहित २८ जनाको ज्यान गयो

दुखद खबर : विद्यालयमा भएको आगलागीमा परी बालबालिकासहित २८ जनाको ज्यान गयो

Posted in अन्तर्राष्ट्रिय समाचार
मोनरोबिया । लाइबेरियाको राजधानी मोनरोबिया नजिकै भएको आगलागीमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । विद्यालयमा भएको सो घटनामा परी मृत्यु भएका मध्ये २६ जना बालबालिका रहेको अधिकारीहरूले बुधबार जनाएका छन् । आपत्कालीन सेवाका कर्मचारीहरूले दिएको जानकारीअनुसार मङ्गलबार राति घटना भएको हो । आगलागी भएको ठाउँमा ३० विद्यार्थी रहेका थिए । उनीहरू निदाएको बेला आगलागी भएको अधिकारीहरूले बताएका छन् । लाइबेरियाका राष्ट्रपति जर्ज वेहले बुधबार सामाजिक सञ्जाल ट्वीटर मार्फत घटनाको पुष्टि गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । “यो घटनाले पीडितका परिवारसँगै सबै देशवासीलाई दुःखी बनाएको छ, उनीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ,” उनले लेखेका छन्।
सबैका आँखा रसाउने तस्वीर : पानीले १० फिट भरिएको ठाउँवाट दुई शिशुलाई यसरी बचाए

सबैका आँखा रसाउने तस्वीर : पानीले १० फिट भरिएको ठाउँवाट दुई शिशुलाई यसरी बचाए

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौ । सामाजिक सञ्जालमा अहिले एउटा तस्वीर भाइरल भइरहेको छ ।यो तस्वीर भारतको राजस्थानको कोटा शहरको हो । जहाँ निरन्तर परेको बर्षाका कारणले गर्दा त्यहाँका शहरका कैयौँ क्षेत्रमा १० फीट सम्म पानी भरीएको छ । कान्स्टेबल राकेश मीणा ड्यूटीमा जानलागेका बेला उनले केहि दूरीमा दुई बच्चालाई पानीमा डुबिरहेको देखे । उनी एउटा ट्यूब लिएर पानीमा गए । उनले ति बच्चाहरुलार्इ बचाएका थिए । यो तस्वीर अहिले संसारभरी सेयर भइरहेको छ । उनलाई सबैले सल्यूट भन्दै लेखिरहेका छन् । कोटा बैराज बाँधबाट पानी छोड़ेका कारणले शहरका धेरै बस्तिहरुमा पानी भरीएको छ । कोटाको लाडपुरा खाई रोड मुख्य बाजारका एसडीआरएफ टीमले रेक्स्यू अप्रेशन चलाएको छ । कोटाको कुन्हाडी बापू बस्तीमा पनि पानी भरीएको छ र त्यहाको शासनले पुरै इलाका खाली गरेको छ र त्यहाका बासिन्दा सुरक्षित स्थानमा लगिएको छ । झालावाडको खंडियाको नजिकमा रहेको सिटी फोरलेनमा प
मुसलमान बन्न नमानेपछि हिन्दु समुदायकी एमबीबीएस अध्ययनरत छात्रा नम्रताको ह *त्या

मुसलमान बन्न नमानेपछि हिन्दु समुदायकी एमबीबीएस अध्ययनरत छात्रा नम्रताको ह *त्या

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं। मुसलमान बन्न नमानेपछि पाकिस्तानमा एमबीबीएस अध्ययनरत हिन्दु छात्राको ह त्या गरिएको छ । अन्त्राष्ट्रिय मिडियाका अनुसार धर्म परिवर्तन स्विकार गर्नेलाई धर्म परिवर्तन गराउने नमान्नेलाई ह त्या समेत गर्ने कट्टरपन्थीहरुले नम्रता चंदानीको ह त्या गरेको आशंका आरोप परिवारका सदस्यहरुले लगाएका छन्। मेडिकल छात्रा नम्रता चंदानीको मृ त्यु पनि यहि जवर्जस्ती धर्म परिवर्तनको घटनासँग जोडेर हेरिएको हो ।नम्रताको परिवारलाई लगातार मुस्लिम धर्म अगाल्न दबाब दिइदै आएको समाचारमा जनाइएको छ । पाकिस्तानको बीबी आसिफा डेन्टल कलेजको अन्तिम वर्षकी छात्रा नम्रता चंदानी आफ्नै छात्रावासकै कोठामा मृ त अवस्थामा फेला परेकी हुन्। उनको गलामा डोरी बाधिएको थियो र एमबीबीएस अध्ययनतर अल्पसंख्यक हिन्दु समुदायकी नम्रता का दाई डाक्टर विशाल सुन्दरले नम्रताको ह त्या भएको दावी गरेका छन् ।
छोरा जन्माएको २६ दिनपछि फेरि सुत्केरी भएपछी

छोरा जन्माएको २६ दिनपछि फेरि सुत्केरी भएपछी

Posted in अन्तर्राष्ट्रिय समाचार
एक महिलाले छोरा जन्माएको २६ दिनपछि फेरि दुईवटा बच्चालाई जन्म दिएकी छन् । चिकित्साजगतमा यसलाई चमत्कार मानिएको छ । २० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन् । सुत्केरी भएको २६ दिनपछि उनले थप दुई बच्चा जन्माएकी हुन् । उनले पछिल्लो पटक जुम्ल्याहा बच्चालाई जन्म दिएको बताइएको छ । बंगलादेशकी आरिफ सुल्ताना नाम गरेकी ती महिला श्यामलागाछी गाउँ निवासी रहेको बताइएको छ । उनको उपचारमा संलग्न चिकित्सक शीला पोद्दाका अनुसार पहिलोपटक सुत्केरी हुँदा ती महिलाको गर्भमा अन्य बच्चा रहेकोबारे थाहा नै थिएन । सुत्केरी भएको २६ औं दिनमा स्वास्थ्यमा समस्या भएर उनी अस्पताल आएको र स्वास्थ्य परीक्षणपछि उनको गर्भमा शिशु रहेको थाहा भएको डा. शीलाले बताइन् । पहिलोपटक सुत्केरी हुँदा उनले सामान्य रुपमा नै बच्चालाई जन्म दिएको बताइन्छ । तर दोस्रोपटक भने शल्यक्रिया गरिएको थियो । पछिल्लो पटक उनले एक छोरा र एक छोरीलाई ज
विरलै हुने घटना : ७४ वर्षीय श्यामलालको टाउकोमा सिंग उम्रियो

विरलै हुने घटना : ७४ वर्षीय श्यामलालको टाउकोमा सिंग उम्रियो

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं । भारतको मध्य प्रदेशस्थित सागर जिल्लामा रहेको रहली गाउँमा बस्ने ७४ वर्षीय श्यामलाल यादवको टाउकोमा सिंग उम्रेको छ । हालै त्यस सिंगलाई शल्यक्रिया गरेर हटाइएको छ । केही वर्षअघि शिरमा चोट लागेपछि सिंग निस्केको यादवले बताए । सिंग उम्रिएपछि केही समय त यादवलाई असहज भयो तर पछि गएर बानी पर्‍यो । उनले सिंग काटे पनि फेरि उम्रिने गरेको थियो । चिकित्सकहरूलाई देखाउँदा कसैले उपचार गर्न सक्दैनौं भने अनि कसैले चाहिँ उपचार महंगो छ भने ।सागरको भाग्योदय तीर्थ अस्पतालमा चिकित्सकहरूको टोलीले यादवको टाउकोको सिंग काटेर फाले । शल्यक्रिया गर्ने चिकित्सकहरूको टोलीको नेतृत्वकर्ता डा विशाल गजभियेले यादवलाई दुर्लभ सेबासियस होर्न नामक रोग लागेको बताए । त्यसलाई बोलीचालीको भाषामा डेभिल्स होर्न भनिन्छ । सिंग धेरै गहिरो नगाडिएको थाहा पाएपछि शल्यक्रिया गरेको डा गजभियेले बताए । केही घन्टाको शल्यक्रियापछि श्य
जापानको संसद बैठकमा ३ मिनेट ढिला पुग्दा मन्त्रीले दिनुपर्यो राजीनामा, नेपाली नेताले पनि सिक्न जरुरी

जापानको संसद बैठकमा ३ मिनेट ढिला पुग्दा मन्त्रीले दिनुपर्यो राजीनामा, नेपाली नेताले पनि सिक्न जरुरी

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं । एक मन्त्री संसदीय बैठकमा निर्धारित समयभन्दा ३ मिनेट ढिलो पुग्दा राजीनामा मागिएको छ । जापानका ओलिम्पिक्स मामिलामन्त्री योशीताका साकुरादा बिहीबार बैठकमा जम्मा ३ मिनेट ढिला आउँदा विपक्षी सांसदहरूले चर्को विरोध गरेका छन् । मन्त्रीको ढिलाईले उनको कार्यालयप्रति अपमान दर्शाएको भन्दै विपक्षी सांसदहरुले बजेट समितिको बैठक नै विरोधस्वरूप पाँच घण्टासम्म बहिष्कार गरिदिएका हुन् ।
११ वर्षदेखि घाँटी घाँटीसम्मको खोला तरेर पढाउन विद्यालय पुग्ने शिक्षिका

११ वर्षदेखि घाँटी घाँटीसम्मको खोला तरेर पढाउन विद्यालय पुग्ने शिक्षिका

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी । भारतको उडिसा राज्यकी बिनोदिनी समल विद्यार्थी पढाउन सधैँ नदी तरेर विद्यालय पुग्छिन् । ५३ छात्रा विद्यार्थीलाई पढाउनको लागि राठियापाल प्राथमिक विद्यालमा पुग्छिन् ।वर्षाको समयमा घाँटीसम्मको पानी तरेर भए पनि विद्याल पुग्छिन् । विनोदिनी भन्छिन, ‘सधैँ पानीमा भिज्दा बिरामी पनि भएँ तर अहिलेसम्म बिदा लिएकी छैन।’ घरदेखि विद्यालय तीन किमि टाढा छ । उनी राठियापालमा स्वयसेवी शिक्षकको रूपमा पढाउँछिन् । उनको महिनाको ७ हजार तलब छ। उनलाई शिक्षा विभागले २ हजारमा नियुक्ति गरेको हो । उनी यस विद्यालयमा २००८ देखि अध्यापन गराइरहेका छिन् । ११ वर्षदेखि उनी सधैँ खोलाको बाटो हुँदै जान्छिन् । ’वर्षमा यहाँको अवस्था झन् खराब हुन्छ, पानी घाँटीसम्म आउने गर्छ,’ उनी भन्छिन, ’मेरा लागि यो काम सबैभन्दा ठूलो हो । घरमा बसेर के गर्नु ?’ सुरुवातीमा १७ सय रुपैयाँ थियो । उनले भनिन,’ नदीमा ४० मिटरको पुल बनाउने प्रस्त
खाटमा थिए एक जोडी सर्प, ती माथि बसिन् फोनमा व्यस्त महिला त्यसपछि…

खाटमा थिए एक जोडी सर्प, ती माथि बसिन् फोनमा व्यस्त महिला त्यसपछि…

Posted in अन्तर्राष्ट्रिय समाचार
भारतको उत्तर प्रदेशको गोरखपुर जिल्लामा एउटा निकै दुर्भा*ग्यपूर्ण घटना सार्वजनिक भएको छ । यहाँ एक महिला आफ्नो बेडरुममा आएको एक जोडी सर्पमाथि फोन गर्दागर्दै बसिन् । सर्पले उनलाई तुरुन्त ड*से र उनको मृ*त्यु भयो ।गोरखपुर जिल्लामा बस्ने मिरा नामकी महिला फोनमा कुरा गरिरहेकी थिइन् । उनका श्रीमान् जय सिंह थाइल्याण्डमा काम गर्छन् । फोनमा कुरा गर्दागर्दै मिरा बेडरुममा गइन् र बेडमाथि बसिन् । उनलाई थाहा थिएन, बेडमा एक जोडी सर्प छन् । सर्पले मिरालाइ डसेलगत्तै परिवारले उनलाई नजिकैको सरकारी अस्पताल भर्ना गरे त्यहाँका डाक्टरले उनलाई मऊ जिल्लाका लागि रिफर गरे तर उनको सरकारी अस्पतालमा नै मृ*त्यु भयो । ती जोडी सर्प धेरै बेरसम्म बेडमा नै घुमिरहेको भारतीय मिडिया आजतकले बताएको छ । रिसाएका मानिसहरुले सर्पलाई पिटिपिटी मारि*दिएको बताइन्छ ।मिराका श्रीमान् थाइल्याण्डमा बस्छन् । मिराको एक वर्षकी छोरी पनि छिन् ।
भारत र चीनका फौजबीच सिमानामा घम्साघम्सी

भारत र चीनका फौजबीच सिमानामा घम्साघम्सी

Posted in अन्तर्राष्ट्रिय समाचार
भारत र चीनका फौजबीच उत्तरी लदाखमा भएको घम्साघम्सीको घटना वार्तापछि समाधान भएको भारतीय सैनिक अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार एउटा तालको उत्तरी किनारामा गस्ती गरिरहेका भारतीय सैनिकको उपस्थिति प्रति विरोध जनाउँदै चिनियाँ फौजले रोकेपछि असहज अवस्था उत्पन्न भएको थियो। सो घटना १३४ किलोमिटर लामो पेंग्गोंग तालको उत्तरी किनारामा भएको थियो। सो तालको दुई तिहाइ हिस्सा चीनको नियन्त्रणमा छ। त्यसले विवाद निम्त्याएपछि दुवै पक्षले थप फौज उक्त इलाकामा बोलाएका थिए। यसबारे चीनले प्रतिक्रिया जनाएको छैन्। भारत र चीनबीच करिब ३५ सय किलोमिटर लामो सीमा क्षेत्र रहेको छ र त्यसमध्ये कैयौँ ठाउँमा दुई देशबीच विवाद रहँदै आएको छ। भारतले चीनसँग सीमा जोडिएको उत्तर पूर्वी अरूणाचल क्षेत्रमा सैन्य अभ्यास गर्ने घोषणा गरेको भोलिपल्ट पछिल्लो तनाव भएको हो। दुई वर्ष अगाडि पनि लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच झडप भएक
अमेरिकाको बहमासमा आएको ‘इतिहासकै दुःखान्त’ डोरियन आँधीबाट २५ सय मानिस बेपत्ता

अमेरिकाको बहमासमा आएको ‘इतिहासकै दुःखान्त’ डोरियन आँधीबाट २५ सय मानिस बेपत्ता

Posted in अन्तर्राष्ट्रिय समाचार
सरकारी समाचार स्रोतले जनाए अनुसार बुधबार संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २,५०० व्यक्ति बेपत्ता भएका छन् । यस भीषण आँधीको कारण ५० भन्दा बढी व्यक्तिको मृ*त्यु भइसकेको छ । उद्धारकर्ताले जीवितै व्यक्ति उद्धार गर्न सकिने आशा मारेको बताएका छन् । उनीहरुले मृ*तकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् । बहमास द्वीपका नागरिकका लागि डोरियन “इतिहासकै दुःखान्त” भएको प्रधानमन्त्री हुबर्ट मिन्निसले बताएका थिए । आँधीमा परी उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन् । गत शुक्रबारसम्म सो आँधीका कारण ज्या*न गु*माउनेको सङ्ख्या ४३ पुगेको थियो । थप केही श*वहरु भेटिए पछि मृ*तकको सङ्ख्या ५० पुगेको बुधबार बताइएको छ । यो पनि पढ्नुस – सरकारले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने गरी ज्येष्ठ नागरिकसम्बन्धी विधेयक संशोधन गरी का