Friday, January 24

ब्यानर पोस्ट

बैंक ले ल्यायो नयाँ नियम : अब घर किन्दा ७० प्रतिशत ऋण पाइने, ब्याजदर बढ्दा पनि किस्ता नबढ्ने

बैंक ले ल्यायो नयाँ नियम : अब घर किन्दा ७० प्रतिशत ऋण पाइने, ब्याजदर बढ्दा पनि किस्ता नबढ्ने

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर किन्न अब सजिलो हुने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७५ मा संसोधन गर्दै व्यक्तिगत घर किन्नको लागि सजिलो व्यवस्था गरेको हो । राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई १ करोड ५० लाखसम्मको ऋण स्वीकृत गर्दा धितोको ७० प्रतिशतसम्म दिने व्यवस्था गरेको हो । यसअघि यस्तो धितोको६० प्रतिशतसम्म दिने व्यवस्था थियो । बैंक तथा वित्तीय संस्थाले पहिलो पटक घर किनेको व्यक्तिको ऋणको ब्याजदर बढाएपनि मासिक किस्ता रकम भने नबढ्ने भएको छ । बढाउन नपाउने भएका छन् । जसले गर्दा बैंकको ऋण लिएर घर किन्ने उपभोक्तालाई राहत हुने भएको छ । केन्द्रीय बैंकको यो सुविधाबाट सहरी क्षेत्रका मध्यमवर्गका उपभोक्ताले राहत पाउने भएका छन् । ब्याजदर बढेपछि मासिक किस्ता रकम बढ्दा उपभोक्ताको आर्थिक अवस्था नै कमजोर हुने गरेको थियो । निर्देशिकाले बैंक तथा वित्तीय संस्थाल
चाडपर्वमा अन्धकार हुने नेपाल, कुलमान आएपछि स्वदेशी विजुलीबाट देशभर तिहार उज्यालो बनाउँदै

चाडपर्वमा अन्धकार हुने नेपाल, कुलमान आएपछि स्वदेशी विजुलीबाट देशभर तिहार उज्यालो बनाउँदै

Posted in ब्यानर पोस्ट, समाचार
तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो । नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने नेपाल विद्युत् प्राधिकरणलाई भने कसरी विद्युत् व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँथ्यो । घरायसी उपभोक्ताले साँझको समयमा समेत बत्ती बाल्न नपाएर निराश हुन्थे । उनीहरु सरकार र प्राधिकरणलाई गाली गरेर अँध्यारैमा लक्ष्मीको आराधना गरेर बस्थे । समय बदलियो, नेतृत्व बदलियो, नीति र कार्यक्रमसमेत बदलियो । विसं २०७३ को लक्ष्मीपूजाको दिनदेखि नै विद्युत्भार कटौतीको अन्त्य भएको घोषणा गरियो । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफैँ कार्यस्थलमा खटेर लक्ष्मीपूजालाई वास्तवमै उज्यालो बनाउनुभएको थियो । मुलुकबाट नै विद्युत्भार कटौतीको अन्त्य भएको घोषणासँगै प्राध
दसैंका लागि नयाँ नोट असोज १० गतेदेखि

दसैंका लागि नयाँ नोट असोज १० गतेदेखि

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौं : नेपाल राष्ट्र बैंकले यो वर्ष असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ। हरेक वर्ष दसैंको अवसरमा राष्ट्र बैंकले नयाँ नोट बजारम पठाउने गरेको छ। ‘सटही सुविधाका लागि ठाउँ व्यवस्थापन गर्न कठीन भएर यो वर्ष केही ढिला हुने भएको छ,’ राष्ट्र बैंकका प्रवक्ता एवम् मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले भने। विगतमा राष्ट्र बैंकको थापथलिस्थित कार्यालयबाट नोट सटही सुविधा दिँदै आएको थियो। यो वर्ष भने बालुवाटार कार्यालयबाट यस्तो सुविधा दिने उनले बताए। थापाथलिमा नयाँ भवन निर्माण कार्य चलिरहेकाले बालुवाटारबाट सटही सुविधा दिन लागिएको उनले बताए। ‘तर अत्यन्तै साँघुरो ठाउँ भएकाले कसरी व्यवस्थापन गर्ने भन्नेमा टुंगो लागिसकेको छैन,’ उनले भने। राष्ट्र बैंकले सर्व साधारणलाई ५, १०, २०, ५० र १०० दरका सय–सय थान नोट सटही सुविधा दिने छ। यसरी बढीमा १८ हजार ५ सय रुपैय
घरबेटीले बिजुलीको पैसामा ठगिरहेको छ ? अब कुलमानलाई फोन गर्नुहोस (टेलिफोन नम्बर र तिर्नुपर्ने दररेटसहित)

घरबेटीले बिजुलीको पैसामा ठगिरहेको छ ? अब कुलमानलाई फोन गर्नुहोस (टेलिफोन नम्बर र तिर्नुपर्ने दररेटसहित)

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौं । के घरबेटीले डेरावालसँग बिजुलीको मिटर बिगार्ने र उठेको बिलभन्दा बढी रकम असुलिरहेका छन् ?यदी तपाईंलाई घरबेटीले बिजुलीको पैसा बढी असुलिरहेका छन् भने अब विद्युत प्राधिकरणमा फोन गर्नुस, त्यस्ता फटाहा द्रब्यपिशाच घरबेटीमाथि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कारबाही गर्दैछन् । यो नम्बरमा गर्नुहोस प्राधिकरणलाई फोन : 977-1-4153051 जेनतेन काम गर्ने र डेरामा बसेर जीविकोपार्जन गर्ने डेरावालहरुलाई घरबेटीहरुले जतिसक्दो चुस्न खोज्छन् । घरबेटीले अत्याचार गर्दा पनि न त राज्यमा गुनासो गर्ने ठाउँ हुन्छ, न त भन्नासाथ कोठा छाडेर जाने स्थिति बन्छ ।तर अब बदमास घरबेटीहरुको लुट्ने दिन सकिँदैछ । डेरावालको कोठामा राखेको मिटर बिगारेर, प्रतियुनिट २० रुपैयाँसम्म असुल्ने यस्ता डाँका घरबेटीहरु अब प्राधिकरणको फन्दामा पर्दैछन् । कुलमान घिसिङले डेरामा बस्ने परिवारसँग उठेभन्दा बढी बिजुलीको रकम अस
यस वर्ष दशैंको टीका लगाउने साइत १० बजेर ३५ मिनेटमा

यस वर्ष दशैंको टीका लगाउने साइत १० बजेर ३५ मिनेटमा

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौं– यस वर्षको दशैंको टीकाका साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिको शनिबार बसेको बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो ।पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गौतमले विजयी दशमीको दिन देवी विसर्जन गर्ने साइत भने २१ गते बिहान ८ बजेर ४५ मिनेटका लागि निर्धारण गरिएको जानकारी दिए । यस वर्ष असोज १२ गते (आइतबार)देखि नवरात्र शुरु हुने छ । नवरात्रको पहिलो दिन घटस्थापना गर्ने साइत बिहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ ।घटस्थापनाको दोस्रो दिन असोज १३ गते नेपाली सेनाको झण्डा फेर्ने साइत तोकिएको छ । अध्यक्ष गौतमका अनुसार सेनाको झण्डा फेर्ने साइन बिहान १० बजेर २५ मिनेटमा तोकिएको छ । पश्चिम दिशातर्फ फर्किर झण्डा झण्डा फेर्दा उत्तम हुने गौतमले बताए ।यस्तै, १६ गते पचली भैरवको यात्रा र १८ गते फु
घरमै बसेर सजिलै चेक गर्नुस् तपाईंको स्मार्ट लाइसेन्स आयो कि आएन ? (पुरा नामावली सहित)

घरमै बसेर सजिलै चेक गर्नुस् तपाईंको स्मार्ट लाइसेन्स आयो कि आएन ? (पुरा नामावली सहित)

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौं- यातायात व्यवस्था विभागले ठूलो भर्‍याङ शाखामा फारम भरेकाहरुको विहीबारसम्म तयार भएका स्मार्ट लाइसेन्स लिन अनुरोध गरेको छ ।सो शाखामा स्मार्ट लाइसेन्सको फारम भरेकाहरुको हालसम्म बनेको स्मार्ट लाइसेन्सको सूची सार्वजनिक गर्दै विभागले आफ्नो नाम र लाइसेन्स नम्बर हेरेर बुझि लिन भदौ २९ गतेसम्मको समयसीमा तोकेको छ ।लाइसेन्स प्रयोगकर्ताले फर्म भरेको लामो समयपछि स्मार्ट लाइसेन्स आएको हो । विभागले विहीबारसम्म सो शाखाका १ हजार ९ सय ६८ जनाको स्मार्ट लाइसेन्स तयार भएको जानकारी दिएको छ । स्मार्ट लाइसेन्स तयार भएकाहरुको सूची
अब विदेशमा पनि टेलिकमकै सिम चलाउन मिल्ने, सुरु भयो रोमिङ सेवा

अब विदेशमा पनि टेलिकमकै सिम चलाउन मिल्ने, सुरु भयो रोमिङ सेवा

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौं । नेपाल टेलिकमको सिमकार्डबाट अब विदेश गएको बेलामा पनि इन्टरनेट चलाउन पाइने भएको छ । टेलिकमले पोस्टपेड ग्राहकका लागि विभिन्न ८७ देशका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराउने भएको हो ।टेलिकमले यसअघि पोस्टपेड र प्रिपेडका ग्राहकलाई अन्तर्राष्ट्रिय रोमिङमा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्रै दिइरहेकोमा अब भने डेटा रोमिङ सेवा पनि दिन लागेको हो । टेलिकमले शनिबारदेखि नै छिमेकी देश भारतमा अन्तर्राष्ट्रिय डेटा रोमिङ सेवा दिन सुरु गरेको जनाएको छ । डेटा रोमिङ सुविधाबाट अब भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सकिने भएको छ ।शनिबारदेखि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकहरुलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
अब काठमाण्डौ होइन गौतमबुद्ध विमानस्थलमा उडान अवतरण गर्नेलाई सरकारले दिने भयो यस्तो सुविधा !

अब काठमाण्डौ होइन गौतमबुद्ध विमानस्थलमा उडान अवतरण गर्नेलाई सरकारले दिने भयो यस्तो सुविधा !

Posted in ब्यानर पोस्ट, समाचार
रमेश लम्साल – सरकारले गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्ने विमान कम्पनीलाई थप सुविधा दिने भएको छ । हाल भौतिक निर्माण करीब ८० प्रतिशत सम्पन्न भएको सो विमानस्थलाई सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने लक्ष्य राखेको छ । हाल निर्माण कार्य युद्धस्तरमा जारी रहेको सो विमानस्थललाई थप व्यावसायिक बनाउने र काठमाडौँमा अवस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन पनि केही आकर्षक सुविधा दिने सरकारको तयारी छ । ओमनको वायु सेवा प्रदायक सलाम एयरको ‘जनरल सेल्स म्यानेजर’ समेत रहेको आइएमई समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौँबाट उडान र अवतरण हुने वायु सेवा प्रदायक कम्पनीलाई भन्दा गौतमबुद्ध विमानस्थलबाट त्यस्तो सेवा दिने कम्पनीलाई थप केही सुविधा दिने बारेमा सरकारले गृहकार्य गरिरहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “पार्कि
जनताले राजालाई जस्तै हामीलाई पनि लखेट्न सक्छन् : अध्यक्ष प्रचण्ड

जनताले राजालाई जस्तै हामीलाई पनि लखेट्न सक्छन् : अध्यक्ष प्रचण्ड

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौं । पुर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालनको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्नुभएको छ । पार्टीनिकट प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले घुमाउरो शैलीमा प्रधानमन्त्रीसमेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीले एकल निर्णयबाट पार्टी चलाइरहेको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीमा हिजो सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी हुन्थ्यो । आजकालचाहिँ उल्टिएको छ, व्यक्तिगत निर्णय हुन्छ, जिम्मेवारी चाहिँ समूहले लिइदिनुपर्ने अवस्था छ ।’ कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म समाज र जनताका निम्ति त्याग र बलिदानको कुरा गर्ने तर सत्तामा पुगेपछि सबै कुरा बिर्सिँदै जाने भन्दै आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, ‘बुर्जुवाहरुले कम्
जापानले एकवर्षमै ६२ जना नेपालीसहित ८ सय ३२ विदेशीको भिसा रद्द गर्‍यो

जापानले एकवर्षमै ६२ जना नेपालीसहित ८ सय ३२ विदेशीको भिसा रद्द गर्‍यो

Posted in ब्यानर पोस्ट, समाचार
टोकियो । जापानले विदेशी नागरिकमाथि गर्दै क्रममा एकवर्षमै ६२ जना नेपालीसहित ८ सय ३२ जनाको भिसा रद्द गरिदिएको छ । यसरी भिसा रद्द गरेर आफ्नो देश फर्काइएकामध्ये आधा बढी विद्यार्थीहरू छन्।जापानको अध्यागमन विभागले सन् २०१८ मा ८ सय ३२ जना विदेशीहरूको भिसा रद्द गरेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरेको जापानी समाचार संस्था एनएचके टेलिभिजनले जनाएको छ। अध्यागमन विभागले प्रदान गरेको स्टाटस ’अनुमति’ भन्दा फरक क्रियाकलापहरू गरेको भन्दै गत वर्ष ८ सय ३२ जनाको भिसा रद्द गरिएको जापानको कानुन मन्त्रालयलाई उद्धृत गर्दै यहाँको माईनिचि सिनबुनले समाचार लेखेको छ।मन्त्रालयका अनुसार जापानले नियमविपरित काम तथा रोक लगाइएका अन्य क्रियाकलाप गर्नेलाई भिसा रद्द गरेर उनीहरूको देश फर्काउने नीति सन् २००५ बाट अवलम्बन गरेको थियो। अध्यागमन ब्युरोले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार भिसा रद्द भएर फर्काइएकामा विद्यार