Wednesday, November 20

रवी लामिछानेको पत्रकार सम्मेलनको भिडियो : रविका पक्षमा सडकमा उत्रने भेंडा हुन् भन्ने करिश्मालाई दिए यस्तो जवाफ (भिडियो)

सञ्चारकर्मी रवि लामिछानेले आफू राजनीतिमा आउन सक्ने संकेत गरेका छन् । प्रहरी हिरासतबाट छुटेको भोलिपल्ट मंगलबार बिहान भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा रविले सामाजिक न्यायका लागि थप सशक्त रुपले लाग्ने बताए ।अहिलेको जनसमर्थनले आफूलाई थप उत्साहित र जिम्मेवार बनाएकाले आगामी कार्यक्रमहरु निकै गुणा सशक्त र प्रभावकारी बनाउने उनको भनाइ थियो । उनले समर्थकहरुको ऋण कहिल्यै तिर्न नसक्ने र त्यसबाट प्रभावित भने नहुने धारणा राखे । आफूले सञ्चालन गर्दै आइरहेको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ आगामी शनिबारदेखि मात्रै सुरु हुने उनको भनाइ थियो ।

उनले राजनीतिमा अहिलेका लागि ढोका मात्रै लागेको भन्दै ताला नलागेकाले चाँडै राजनीतिमा लाग्न सक्ने संकेत गरेका हुन् । नेपालको इतिहासमा एकजना सञ्चारकर्मीको समर्थनमा उर्लेको भीड यो नै पहिलो हो । प्रहरी हिरासत प्रकरणपछि धेरैले रवि चाँडै राजनीतिमा आउन सक्ने भविष्यवाणी गरेका थिए । समर्थकको चाहनाअनुरूप नै रविले मंगलबार आफू राजनीतिमा आउने बताएका हुन् ।

14 Post Views

प्रतिकृया दिनुहोस्