Sunday, February 23

विश्वलाई नै चकित बनाउदै उत्तर कोरियाले बनायो भोक लाग्दा खान मिल्ने कपडा

आ णविक परीक्षणको समाचारले चर्चा बटुल्ने उत्तर कोरियामा शरीरमा लगाउनेसँगै भोक लाग्दा खान मिल्ने किसिमको कपडा निर्माण गरेको समाचारले चर्चा पाएको छ ।जहाजमा यात्रा गर्ने, पर्वतारोही लगायतका अतिरिक्त क्रियाकलापमा रुचि भएकाहरुका लागि उत्तर कोरियाले नयाँ किसिमका विशेष कपडा सार्वजनिक गरेको हो । जसमध्ये कतिपय कपडा खानयोग्य रहेको बताइएको छ ।

उत्तर कोरियाका तानाशाह किम जोङ उनले पौडी, हाइकिङ्ग तथा साहसिक खेलसँग सम्बन्धित उपकरण साधनहरु सार्वजनिक गरेका हुन्।किमले लञ्च गरेका ती फेसन प्रडक्ट निकै विशेष र दुनियाँमै अद्वितीय रहेका छन् । यी कपडाको सबैभन्दा अनौठो विशेषता के भने जिउमा लगाएका यी कपडा खान पनि सकिन्छ ।

उत्तर कोरियाको किम क्लोथिङ्ग अनुसन्धान केन्द्रले ती अनौठा कपडाको उत्पादन गरेको हो । फ्लेन लेट फ्याब्रिक्सबाट यी कपडा बनाइएको छ । कपडा बनाइएको रेशामा फ्याब्रिक प्रोटिन, एमिनो एसिड, फलफूलको जुस, आइरन तथा क्याल्सियम प्रयोग गरिएको हुन्छ । त्यसैले त्यो कपडालाई सहजै खान सकिन्छ । कपडा पौष्टिक हुनुका साथै स्वादिष्ट पनि रहेको छ । खासगरी भोकमरीको अवस्थामा खाएर प्राण धान्न मिल्ने योजनाका साथ उत्तर कोरियाले यस्ता कपडा विकास गरेको बताइएको छ ।

पुरुषको लागि ज्याकेट तथा महिलाको आउटर शनेल कम्पनीको मोडलको नक्कल गरी बनाइएको छ । त्यस्तै गुची कम्पनीको मोडलको नक्कल गरी ह्याण्ड ब्याग तयार गरिएको छ ।

एजेन्सी

65 Post Views

प्रतिकृया दिनुहोस्