Sunday, February 23

अमेरिकाले कामदार भिसा पनि डीभी जसैगरी खुलाउँदै, यस्तो छ जाने प्रक्रिया

अमेरिकी सरकारले कामदार भिसाको आवेदन डीभी लोटरी जसैगरि भर्न मिल्ने भएको छ । कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो ।अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गरेर श्रमिक लिने भएको छ ।आवेदन आगामी मार्च १ देखि खुल्नेछ भने मार्च २० सम्म भर्न पाइने छ ।

कामदार भिसा एचवानबीमा दर्ता गर्नका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ । गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क १० डलर लिने जानकारी दिएको थियो ।यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको हो । विद्युतीय रुपमा दर्ता हुने बाहेक अरु नियम सन् २०१९ देखि नै लागु गरिएको थियो ।

यसैबर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ ।तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज बनाएको छ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।

एचवानबीमा दर्ता भएका श्रमिकको आवेदनहरुलाई लोटरीको माध्यमबाट छनोट गरिने छ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप अन्य प्रक्रिया सुरु हुने बताइएको छ ।श्रमिकले भने भिसाका लागि भने रोजगारदाता कम्पनी खोजेर आवेदन दिनुपर्ने भएको छ । आवेदनबाट छनौटमा परेका श्रमिकले भने अमेरिकी रोजगारदाता कम्पनीमा सिधै सम्पर्क गर्ने सकिने जनाइएको छ ।

यो पनि पढ्नुहोस : अमेरिकी ग्रीन कार्ड जस्तै युरोपको ‘ब्लू कार्ड’ यसरी पाउन सकिन्छ

युरोपेली मुलुकहरुले आप्रवासीलाई ब्लू कार्ड उपलब्ध गरउने गरेका छन् । युरोपेली युनियनका २८ सदस्य मुलुकमध्ये २५ मुलुकले ब्लू कार्ड उपलब्ध गराउँछन् ।सन् २००७ मा लागू गरिएको नीति अनुसार युरोपमा योग्य र दक्ष जनशक्ति भित्र्याउनका लागि ब्लू कार्ड ल्याइएको हो । अमेरिकाको ग्रीन कार्ड भनिएजस्तै युरोपेली युनियनको झण्डामा अंकित निलो रंगका आधारमा ब्लू कार्ड ल्याइएको हो ।

ब्लू कार्ड पाउनका लागि नेपालसहित विश्वका धेरै मुलुकका नागरिकले आवेदन दिन सक्छन् । उच्च दक्षता र सीप भएका कामदार तथा कुनै विधातर्फ अनुसन्धान गरिरहेकालाई ब्लू कार्ड दिइन्छ । यद्यपि विद्यार्थी तथा स्वरोजगार गरिरहेकालाई पनि ब्लू कार्ड दिने व्यवस्था छ । ब्लू कार्डका लागि आवेदक आफैं वा आवेदकको रोजगारदाताले आवेदन फाराम भर्नसक्छन् ।

यसका लागि आवेदक कुनै प्रतिष्ठित विश्वविद्यालयमा स्नातक अध्ययन पूरा गरेको हुनुपर्छ । यदी औपचारिक अध्ययन नभएमा कम्तीमा ५ वर्षको कार्य अनुभवको प्रमाणपत्र उपलब्ध गराउनुपर्छ । आवेदकसँग कम्तीमा एक वर्षका लागि युरोपको कुनै मुलुकमा काम गर्ने करार हुनुपर्छ । त्यस्तै, आवेदकको आय गन्तव्य मुलुकको औसत आयभन्दा डेढ गुणा धेरै हुनुपर्छ ।

आवेदनका लागि रोजगारदाताको आधिकारिक पत्र पनि चाहिन्छ । त्यस्तै, आधिकारिक ट्राभल डकुमेन्ट र आवेदक सार्वजनिक सुरक्षा, स्वास्थ्य तथा राष्ट्रिय सुरक्षामा कुनै चुनौति नरहेको प्रमाण पेश गर्नुपर्छ । र दुई पासपोर्ट साइजको फोटो र आवेदन भर्दा पैसा तिरेको भौचर पेश गर्नुपर्छ ।

यसपछि ९० दिनसम्म आवेदन प्रक्रियागत चरणमा जान्छ । ब्लू कार्डको म्याद रोजगार करारका आधारमा १ देखि ४ वर्षसम्म हुन्छ । यसलाई नवीकरण पनि गर्न सकिन्छ ।ब्लू कार्ड पाएका आप्रवासीले गन्तव्य मुलुककै नागरिक सरह समान काम र ज्यालाको ग्यारेन्टी हुन्छ । त्यस्तै, उनीहरुले युरोपेली युनियनमा सहजै आवागमन गर्न सक्छन् । उनीहरुले सामाजिक अधिकारको उपयोग गर्न सक्छन् । त्यसबाहेक ब्लू कार्ड पाइसकेकाहरुले पारिवारिक पुनर्मिलन र निश्चित प्रक्रिया पूरा गरिसकेपछि स्थायी बसोबास अनुमति पत्रका लागि समेत आवेदन दिन सक्छन् ।

657 Post Views

प्रतिकृया दिनुहोस्