Thursday, November 14

‘लुट्न सके लुट’ गीतलाई प्रतिबन्ध लगाउने प्रधानमन्त्रीज्यू आज सिमाना मिचिँदा चैँ तपाईको कानलाई किन कानाबन्धि लाग्यो ?

लिपुलेक, कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा अहिले नेपालमा हरेक ठाउँमा बिरोध गर्दै नेपालीहरु सडकमा उत्रेका छन् । विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने जस्ता नारा लगाउदै बिभिन्न राजनीतिक दल, दलकाका संगठन, संघसंस्था र सर्वसाधारण नागरिकले आ आफ्नो ठाउँ बाट बिरोध गरेका छन् ।सर्वसाधारणले यसरि बिरोध गर्दै गर्दा राजनीतिक दलका मुख्य नेताहरु नै चुप बसेको देख्दा सर्वसाधारणले अचम्म मानेका छन् । प्रधानमन्त्री रहेको समयमा ओली सवभन्दा बढी त भारतीय हस्तक्षेप र दादागिरी विरुद्ध खरो रुपमा उत्रिए । ‘भूकम्पले थलिएको छिमेकीको घाटी च्याप्ने पनि छिमेकी हुन्छ ?’ भन्दै ओलीले नाकाबन्दीको चर्को विरोध गरे । नाकावन्दीलाई कारण बनाएर कतिपय सडकमा ओर्लने शक्तिकेन्द्रको अपेक्षा विपरित जनताहरु शहरमा दाउरा खोरेर भएपनि नाकाबन्दी बिरुद्ध डटे ।

‘ओलीले नेपाल र नेपालीको स्वाभिमानको कुरा गरे । जनसंख्या र भूगोल हेरेर कुनैपनि देशको सार्वभौम सत्ता सानो ठूलो हुदैन भन्ने उहाँको कुरालाई धेरैले मनपराएको पाइयो’ ‘सार्वभौमसत्ताको कुरामा नेपालले शीर ठाडो पारेर छिमेकीसंग कुरा गर्छ भन्ने कुरा ‘मिसन भएका केही व्यक्ती बाहेक’ सबै नेपालीले मनपराए । यहाँसम्मकि कांग्रेस र तत्कालिन माओवादीका नेताहरुले समेत ।’ सरकारको बिरुद्धमा होइन, राजीनामा गरेका प्रधानमन्त्रीको पक्षमा सडकमा –याली निस्कियो ।

जनताको पक्षमा काम गर्दागर्दै ‘अल्पायुमै विस्थापन’ गरिएको भन्दै ओलीप्रति जनताको सहानुभूति बढेको देखियो । सौरभ जस्ता स्वतन्त्र विश्लेषकले ओलीलाई ‘राजा महेन्द्र पछि राष्ट्रियताको पक्षमा अडान भएका राजनेता’को संज्ञा दिए । परन्तु ओलीलाई ‘महेन्द्रीय राष्ट्रवाद’ लागू गर्न खोजेको भनेर एकथरीले आलोचना गर्ने गरेका छन् ।

सरकार गठनमा भएका सहमति कार्यान्वयन नभएको भन्दै तत्कालीन माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । सत्तासमीकरण फेरबदल गर्नु पर्नाको कारणबारे स्पष्ट नबताएपनि सरकारबाट बाहिरिएपछि आफूलाई विस्थापित गरेको सरकारलाई ‘मेड इन समह्वेर, एसेम्बल इन नेपाल’को संज्ञा दिएका थिए ।

स्थानीय तहको दुइचरणको चुनावमा ओली हावी भए, फलस्वरुप तत्कालिन एमाले पहिलो पाटी बन्यो । कांग्रेसको गढ ठानिएको बनेपामा गएर ओलीले ‘कांग्रेसलाई जनताले यति धेरै भोट कसरी दिए, आश्चर्य लागेको छ’ भनेर प्रतिक्रिया सम्म दिन भ्याएका थिए, तर त्कांयति बेला ग्रेसले यो कुराको खण्डन गर्न सकेन । पार्टी भित्रको आन्तरिक विबादलाई समेत हल गरेर ओलीले स्थानीय चुनावमा पार्टीलाई पहिलो बनाए ।

बिस्तारै माओबादी र तकलिन एमाले बिच एकता भयो र चुनाव लड्दा दुइतिहाइको सरकारका प्रधानमन्त्री बने ओली । जनताले जति आशा गरेका थिए त्यसको ठिक बिपरित हुदै गयो जनताको नजरमा ओली सरकार । बेलाबेलामा बिभिन्न विवादमा तानिंदै गर्दा लोकगायक पशुपति शर्माको गित सरकारले प्रतिबन्ध लगायो त्यसपछि सर्वसाधारणले चर्को बिरोध गरेपछि प्रधानमन्त्री ओलीले कुनै एक कार्यक्रममा यसको बारेमा स्पस्टिकरण नै दिनु परेको थियो । शर्माको नाम नलिइ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘एउटाले भुलचुकले एउटा गीत बनायो अरे, लुट लुट केही काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि युट्युबटबाट हटाए रे ।’

शर्माको ‘लुट कान्छा लुट’ बोलेको गीत केहि महिना पहिले सार्वजनिक भएको थियो । तर, सत्तारुढ नेकपा सम्बद्ध युवा संघले गीत नसच्याए बहिस्कार गर्ने ध म्की दिएको थियो । लगतै शर्माले युट्युब च्यानलबाट आफ्नो गीत हटाएका थिए । तर, शर्माको गीतमाथि प्रतिवन्ध लगाउन खोजेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

सरकार बाहिर हुँदा प्रधानमन्त्री ओलीले पनि भारतको चर्को बिरोध गर्दा नेपालीले समर्थन गरेर आज यो ठाउमा पुगेका छन् तर अहिले भारतले नेपाली भूमि लिपुलेक आफ्नो नक्सामा राखेको बिरोधमा सर्वसाधारण सडकमा उत्रिंदा प्रधानमन्त्री ओली बोल्नु पर्छ कि पर्दैन भन्ने जिज्ञासा जनमानसमा एउटा गम्भीर प्रश्न उठेको छ ।

यसै क्रममा दिपा सिम्खडाले प्रधानमन्त्री ओलीलाई ब्यंग्य गर्दै एउटा पत्र लेखेकी छन् जुन अहिले सामाजिक संजालमा भाइरल बन्न पुगेको छ । सामाजिक संजालमा उनले लेखेको उक्त पत्र जस्ताको तस्तै हामीले राखेका छौ पढ्नुहोला :

माननीय प्रधानमन्त्रीज्यू,

सुस्वास्थ्यको कामना, तपाइँसँग एकोहोरो बात गर्न मन लाग्यो । कम्युनिस्टले जितेमा देशले कोल्टे फेर्छ भन्थे अहिले त सिमाना पनि फेरिन लागेछ नि ! सीमा सुरक्षाको निम्ति खटिएका हाम्रा दाजुभाइ नेपालमा सुतेर बिहान भारतमा ब्यूँझने त छँदै थियो, अब केहि समयमा बिहारबाट सगरमाथा देखियो भनेर सगरमाथा पनि भारतकै हो भन्लान् रे, सिङ्गो नेपाल नै नक्सामा हालेर ’ Great India’ भनेर नक्सा बनाईदेलान् रे, लुट्न सके लुट गीतलाई ब्यान गर्ने तपाइँहरु आज जमिन लुटिँदा किन मौन ? भारतको नीति चाम्रो भएको बेला तपाईंहरुको नीति राम्रो हुन पर्ने होईन र ? कि जनताको स्वास्थ्यको ख्याल गर्दै कालापानी लैजा भारत हामी ‘सफापानी’ पिउँछौ भन्ने बिचारमा हुनुहुन्छ ?

मलाई pm बनाइ देउ, मन्त्री बनाइ देउ, मेरो छोरालाई डाक्टर पढाइ देउ, नातिलाई ca बनाई देउ भन्दै भारतीय नेता समक्ष भन्न सके जसरी “सिमाना नमिच “ भन्न तपाईहरुले कहिले सिक्ने ? सेनालाई ब्यारेकमा राखेर पुलिसलाई सिमामा खटाउने ? स्वाधीनतालाई कुटनीतिले नभई राजनीतिले कहिलेसम्म चलाउने ? उसको सिमाना बचाउन हामी नै लड्नु पर्ने, अनि उस्ले यता हामीलाई हेपेर दादागिरी देखाउँदा चैँ तपाईको कानलाई किन कानाबन्धि लाग्यो? कि भनिदिनुस् हाम्रो आर्मीको काम भनेको सडक बनाउने, शिवरात्रीमा टुंडिखेलमा खेला देखाऊने , राष्ट्रपतिको bag बोक्ने मात्र हो , सिमामा त PUBG को आर्मी खटाउनुस् भनेर..

नेपालको आधिकारिक नक्शा कुन हो ? भारतले मिचेको हो कि तपाईहरुले छोडेको ? यत्ति भन्न चाहान्छु, फलाम तातेकै बेला घन हान्ने हो सरकार , रेल र पानीजहाज बिस्तारै चढौंला बरु नेपालको सिमानामा काँडेतार लगाइयोस्, पैसो छैन भने जनता दिन तयार छन् । यस्ता बिषयहरू बिपक्षमा हुँदा मात्र मुद्दा बन्ने सत्तामा पुगेपछि वास्ता नगर्ने प्रवृति सच्याउनुस्, हामी जनता नाकाबन्दीमा जस्तै जवाफ दिन तयार छाैँ, एक भएर, नझुकेर, हस्त नमस्कार ।

128 Post Views

प्रतिकृया दिनुहोस्