Wednesday, December 11

नारायणीको पुलमा घट्यो अत्यतै नराम्रो घट्ना

नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका थिए । तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको छ । मृ तकको सनाखत हुन नसकेको उहाँले बताउनुभयो ।त्यसअघि गत हप्ता बच्चासहित हामफालेका एक पुरुषको निधन भएको थियो भने बच्चा नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । नदीमा बगेकाहरुको खोजीकार्य भइरहेकोे छ ।

त्यस्तै पौडी खेल्ने क्रममा चिकित्सा विषय पढ्दै गरेका एक बिद्यार्थी शनिबारबाट बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार काठमाडौ जिल्ला पुरानो बसपार्क घर भई हाल चितवन मेडिकल कलेज एमबीबीएस चौथो बर्षमा पढ्दै गरेका सुवर्ण केसी नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । प्रहरीले घटनाको बिषयमा जानकारी पाउनासाथ खोजतलास जारी राखेपनि हालसम्म नभेटिएको जनाएको छ । उनी भरतपुर महानगरपालिका वडा नम्बर १० मा डेरा गरी बस्दै आएका थिए ।

2,872 Post Views

प्रतिकृया दिनुहोस्