Thursday, November 14

पहिले पैसा लिएर होटलमा यौ’नम्बन्ध राख्थिन्, जब काम सकिन्थ्यो त्यसपछि…

एजेन्सी। मध्य प्रदेशको राजनीतिमा तुफान मच्चाउने हनीट्रयाप काण्ड शान्त नहुँदै राजधानी भोपालमा पुलिसले यस्तो गिरोह पक्राउ गरेको छ जसले मानिसहरुलाई करणी अभियोगमा फसाएर जेल पुर्याउने ध म्की दिन्थ्यो र यसैको आडमा मोटो रकम असुलिन्थ्यो । यो गिरोहका ४ जनालाई भोपालको निशातपुरा पुलिसले पक्राउ गरेको छ ।

आज तकको समाचार अनुसार यो गिरोहमा २ महिला र २ पुरुष छन् । २ महिला निपा र रिवाना पहिलेदेखि नै यौ नकर्मी हुन् । यौ नधन्दाको साथमा उनीहरु पुरुषहरुलाई करणी मुद्दामा फसाउने ध म्की दिँदै मोटो रकम असुली पनि गर्थे । यस काममा उनीहरुसँगै २ युवक दिपंकर र रुपनारायण पनि संलग्न थिए । पुलिसका अनुसार यी ४ जनालाई ध म्की दिएको आरोपमा पक्राउ गरिएको थियो तर सोधपुछका क्रममा यस्तो खुलासा भयो कि पुलिस नै चकित पर्यो ।

अनुसन्धानमा खुलासा भएअनुसार निपा र रिवाना सामाजिक संजाल र वेबसाइटको माध्यमबाट मानिसहरुसँग सम्पर्क गरेर महंगा होटलमा गएर यौ नधन्दा गर्थे । उनीहरुले १ रातको १५ देखि २० हजार रुपैयाँ लिन्थे । दुवै युवतीहरु नाम बदलेर ग्राहकसँग भेट्थे । अहिलेसम्मको सोधपुछमा खुलासा भएअनुसार निपा आफ्नो नाम प्रिया विश्वास, नुपुर विश्वास, मिष्टी विश्वास, रुही लगायत बताउँथिन् भने रिवानाले आफ्नो नाम आबी, रिया, रिजवाना बताउँथिन् ।

मामु, यौ नकर्मी भनेको के हो ?

एकाबिहानै ६ बजेको हुँदो हो, हातमा एक कप चियाको चुस्की लिँदै पत्रिका पल्टाएँ। स्कुल युनिफर्म लगाएकी छोरीले दौडिँदै आएर भनिन्, ‘मामु, मेरो कपाल बाटिदिनुस् न पहिला। अनि पत्रिका पढ्नुस् म स्कुल गएपछि।’ छोरीको कुरा सुनेर पत्रिका एकछेउमा राख्नुपर्‍यो। अन्तिमपटक पाँचौं, छैटौं गरी सातौं पाना पल्टाएकी मात्रै थिएँ, छोरीको आवाज सुनें, ‘मामु, एक मिनेट ! पाना नपल्टाउनुस् न, आजको त्यो हेडलाइन हेरौं त एकचोटि।’ म पनि रोकिएँ। सायद छोरीले नभनेकी भए मेरो नजर त्यो कलममा पर्ने थिएन होला।

हेडलाइनमा आँखा डुलाउँदै थिएँ, छोरीले फ्याट्ट प्रश्नहरू गरी, ‘मामु, यो यौ नकर्मी भनेको कुन प्रोफेसन हो ? के गर्नुपर्छ ? यो नयाँ प्रोफेसन हो ? यसको अफिसचाहिँ कहाँ छ ? ’ आदि–इत्यादि। उसले थाहा भएर सोधेकी हो या त जान्ने कूतुहल जागेको हो। म निःशब्द भएँ। कसरी दिऊँ छोरीको सवालको जवाफ ? कक्षा ७ मा पढ्ने मेरी छोरीलाई आलटाल गरेर टार्न पनि सकिनँ। किनकि, अचेलका बालबालिकामा यौवन (किशोर) अवस्था नौ वर्षको उमेरदेखि नै सुरु हुन्छ। उसलाई के भनेर सम्झाऊँ। म असमर्थ थिएँ। तापनि बाध्यतावश हतार हुँदाहुँदै पनि यौ नकर्मीको अर्थ प्रस्ट्याउन बाध्य भएँ। बालबालिका चाँडै किशोर अवस्थामा प्रवेश गरेकाले उनीहरूमा यौ नसम्बन्धी सामान्य ज्ञान त भइसकेको हुन्छ, विशेषगरी बालिकामा।

स्कुल ब्याग भिर्दै फेरि छोरीले प्रसंग बदल्दै अर्को प्रश्न गरी, ‘मामु, फेरि एउटा कुरा सोध्छु ल, साँचो कुरा भन्नुस् है। अब हाम्रो देशमा पनि यौ नकर्मीलाई ठाउँ दिएर सम्मानपूर्वक कर्म गरी खान दिएमा हामीजस्तो बालबालिकाले डाक्टर, इन्जिनियर, एस्ट्रोनोट्स बन्नका लागि जति दुःख गरेर घुँडा धसेर, पढ्नै पर्दैन होला है। अनि आमा–बुवाले पनि खाइनखाई, लाई–नलाई रातदिन अहोरात्र खटेर यतिविघ्न त्याग र छोराछोरीप्रति समर्पित हुनै पर्दैन होला है। थपक्क ओठमा बाक्लो लिपिस्टिक र साजसज्जा गरेर पुगिहाल्ने रहेछ।’ म यिनै कुरा सोच्दै छोरीको मुखतिर एकोहोरो हेरिरहें। उसको बालमस्तिष्कमा पनि यी कुराले कति असर पुर्‍याएको रहेछ भन्ने लाग्यो। त्यत्तिकैमा छोरीले ‘सी यु’ मामु भन्दै हात हल्लाइन् र मैले पनि उसलाई स्कुल बसमा चढाउँदै, गाला सुम्सुम्याउँदै हात हल्लाएँ ताकि उसको बालमस्तिष्कमा गलत असर नपरोस् भन्दै।

अब भने बल्ल पालो आयो पत्रिका नियालेर पढ्ने। आँखा डुलाउँदै गएँ हरेक हरफमा। यो सोचेर हो कि मनमा पनि कताकता कटक्क दुख्न थाल्यो। हाम्रो देश विकसित मुलुकको तुलनामा गरिब भए पनि सानले भन्न सक्थें कि मेरो देशमा ‘रेडलाइट एरिया’ छैन। यहाँ सबैजना इज्जत र पाखुरीको कमाइले खान्छन्। तर अब त्यस्तो सान रहला र ? मेरो देशमा पनि खुला रूपमा देह व्यापार चल्यो भने के होला ? देह व्यापारलाई मान्यता दिएको दिन हाम्रो सान पनि लिलामी हुनेछ।

यौ नको भोक–प्यास मेटाउन मानिस किन दृष्टिविहीन हुन्छन् ? घरमा यौ न साथी हुँदाहुँदै पनि मानिस किन असन्तुष्ट र अतृप्त हुन्छन् ? यौ न प्यासका लागि अनावश्यक पैसा खर्च गरेर किन युवतीलाई ललाइफकाई प्रेमिका बनाउने र ज बर्ज स्ती गर्ने गर्छन् ? यस्ता घृणित र असामाजिक कुकृत्यमा लागेर मानिसहरू अरूको भविष्य किन बर्बाद पार्छन् ? यौ न सन्तुष्टि त होला तर त्यसको पछाडि उनीहरूले पनि युवतीको भविष्यबारेमा सोच्नुपर्ने होइन र ? तर उनीहरूको यस्तो सोच्ने क्षमता कहाँ छ र ? उनीहरू त क्षणिक यौ न सन्तुष्टि लिन कसैले हुर्काएको कोपिला चुँडालेर दानवरूपी दलालका हातमा बेचिन बाध्य मात्र पार्छन्।

कोही अभिभावक खासगरी आमाहरू आफ्नो सन्तान यौ नकर्मी बनोस् भन्ने कल्पनासम्म गर्न सक्दैनन्, न त आशीर्वाद नै दिन्छन्। तर कतिपय सन्तानका बुवाको मन भने आमाको जस्तो स्वच्छ हुँदैन। त्यसैले पनि होला पुरुषमा यौ न भोक र कुण्ठा डरलाग्दो मात्रामा देखिएको। हामीले देखेका छौं– रातभरि आफ्नै काखमा राखेर, अनिँदो बसेर हुर्काएकी परीजस्ती छोरी पछि गएर त्यही पिताको गिद्दे दृष्टिको सिकार बन्न पुगेको। उच्च ओहोदामा रहने परिपक्व व्यक्तिहरू पनि व्यभिचारी बन्न थालेका छन्। यस्तै अवस्था बढ्दै गयो भने भोलिका दिन घरघर नै ‘रेड लाइट एरिया’ बन्न बेर नलाग्ला र ?

यौ न व्यवसायलाई वैधानिकता दिइयो भने के यो देशमा आपराधिक गतिविधि निर्मूल हुन्छ त ? गरिबीका कारण पर्याप्त खानेकुरा खान नपाउँदा कुपोषणको सिकार भएका लाखौं मानिस छन्। यस अवस्थामा रहेकाहरूले सन्तानको भोक मेटाउने कि अभिभावकले आफ्नो यौ न तृष्णा मेटाउने ? यौ नकर्मीको त पेसा नै हो तर उनीहरू अरूलाई सित्तैमा यौ न तृप्त गराउन सक्दैनन्। त्यसो गर्दा घरपरिवार लथालिंग होला। उनीहरूको यस्तो बाध्यता कसले बुझ्ने ?

यौ नधन्धालाई मान्यता दिनुपर्ने कुरा उठेका छन्। यौ नधन्धालाई मान्यता दिन हो भने भोलिका दिनमा लागू पदार्थ दुव्र्यसनीमा लागेकाहरू गल्ली–गल्लीमा ला गू प दार्थ दु व्र्य सनका पसल खोलेर बस्न पाउनुपर्छ भने भने तिनलाई पनि वैधानिकता दिने त ? रेडलाइट एरियाको व्यवस्था नगर्दा त यौ नजन्य विकृति बढेको छ नै। रेडलाइट एरियाको व्यवस्था गर्दा यो समस्याको दीर्घकालीन व्यवस्थापन हुन्छ भन्ने के ग्यारेन्टी ?

पद, तलब बढाउने प्रलोभन देखाएर कार्यालयका एकाध हाकिमले महिला कर्मचारीसँग यौ न सम्पर्क राख्ने गर्छन्। त्यस्ता विकृति पनि बढ्दै गएको र समाजमा असर पर्न थालेको हामीले देखेका छौं। उनीहरूलाई समाज या कानुनको फन्दामा पर्छु भने डर त हुन्छ तर पनि अवैध यौ न कर्ममा समावेश हुन्छन्।

क्षणिक भोक तृप्तिका निम्ति यौ नकर्ममा निर्लिप्त भएर पैसाले कसैको अस्मिता किनेर मान्छेलाई कस्तो आत्मसन्तुष्टि मिल्ला ? त्यस्ता मानिसलाई दलाल, माफिया, भ्रष्ट, दानवकै संज्ञा किन नदिने ? मानिसमा यस्ता प्रवृत्ति हाबी भएको तामसिक विचार पालेर हो। श्रीमद्भागवत्गीताको अध्याय अठारको पच्चीसौं श्लोकमा भगवान् श्रीकृष्णले भन्नुभएको छ, ‘जुन कर्म परिणाम, हानि, हिंसा र सामथ्र्यको विचार नगरी केवल अज्ञानतापूर्वक आरम्भ गरिन्छ भने त्यसलाई तामस भनिन्छ।’

मानिसमा तामसी विचार बढ्दै गएमा भोलिका दिन अभिभावकले प्रहरीको सहयोगमा अपहृत छ‍ोरी, नातिनी, बुहारी खोज्न त्यही रेडलाइट एरिया पुग्नुपर्ने दिन नआउला भन्न सकिन्न। कुनै दलालको चंगुलमा फसेर बेचिएको थाहा पाएपछि अबदेखि यस्तो कार्य नदोहोर्‍याउने कागज गरी भारी मनले छोरीचेली फर्काएर ल्याउनुपर्ने अवस्था नआउला भन्न सकिन्न। किनकि शासकको निकृष्ट कर्मका कारण यो देश माफियाको घेराबन्दीमा फस्दै गएको छ।

देशको वातावरण, परिवेशअनुसार व्यक्तिको चरित्र चित्रण हुन्छ। जो जस्तो समाजमा हुर्किन्छ उसको आचार–व्यवहार पनि त्यस्तै हुन्छ। आँप रोपे आपै फल्छ, तर मेवा फल्दैन। त्यस्तै तामसिक विचारले ओत–प्रोत भएको व्यक्तिबाट पनि सुन्दर भविष्यको आशा नराखे हुन्छ।

यौ नकर्मी महिला मात्रै नभई पुरुष पनि हुन्छन्। यो पेसालाई कानुनी मान्यता दिइयो भने यौ नजन्य आ पराधिक गतिविधि झन् दिनका दिन मौलाउँदै जान्छ। पैसा भएपछि र साथीभाइको लहलहैमा लागेकाहरू त्यही रेडलाइट एरियामा पुग्छन्। कुनै दिन छोराका ग्राहक आमा र बुवाको ग्राहक छोरी भेटिने दिन नआउला भन्न सकिन्न। बाध्यतावश यौ नकर्ममा लागेकाहरूप्रति हेरिने दृष्टिकोणमा कहिले परिवर्तन आउला त ?

गरिबीको रेखामुनि रहेका चेलीहरूले आफ्नो पेट पाल्न होस् या त पढाइ खर्च जुटाउन होस्, यौ नधन्धा गर्नैपर्ने हो त ? ती चेलीहरूको भविष्यका लागि अरू विकल्प छैन त ? अर्को कुरा, आफ्ना छोरा या बुहारी, ज्वाइँ या छोरी यौ नकर्मी होस् भन्न कुन अभिभावकले सक्छन् ? समाजमा धक फुकाएर भन्न पनि सक्छन् त ? यस्ता कुरा कदापि पाच्य हुँदैन हाम्रो समाजमा। यसर्थ हामी सबैले अहिल्यैदेखि कामना गरौं– यस्तो अवस्था नआओस्।

“मामु, यौनकर्मी भनेको के हो ? भारती तिमिल्सिना बस्यालले असारमा अन्नपूर्ण पोस्टको लागि लेखेको यो लेख हामीले यहाँ साभार गरेका हौ)

2,876 Post Views

प्रतिकृया दिनुहोस्