Thursday, November 14

यी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिने पाकिस्तानी पप गायिका

जम्मु काश्मीरमा भारतले धारा २७० हटाएपछि सर्प र गोही हातमा लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिने पाकिस्तानी पप गायिका रबी पीरजादा अब जेल जाने भएकी छन् । लाहौरको एक अदालतले उनीविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रबी पीरजादाविरुद्ध जंगली जनावर पाल्तु बनाएर राखेको आरोपमा मुद्दा चलाइएको हो ।

मोडल टाउन अदालतले यस्तो फैसला गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । पीरजादाले घरमा चार अजिंगर, एक गोहीलगायतका जंगली जनावरलाई घर पालुवा बनाएकी छन् । पाकिस्तानको पञ्जाब वन्यजन्तु संरक्षण तथा बगैंचा विभागले उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो ।पाकिस्तानमा गोही, सर्प, अजिंगरलगायतका घस्रिने जीवजन्तु पाल्न प्रतिबन्ध छ ।

मोदीलाई धम्की दिएपछि उनले जीवतन्तु पालेको सार्वजनिक भएको थियो । पाकिस्तानी गायिकाको भाइरल भइरहको फोटो र भिडियोलाई लिएर समाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। पाकिस्तानी मोडल एवं पप गायिका रबी पीरजादा आफ्नो विवादित अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन्।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने रबी पछिल्लो समय आफ्नो फोटो र भिडियोका कारण चर्चामा छिन्। केही दिन पहिला उनको एडल्ट फोटो र भिडियो लिक भएको थियो। पाकिस्तानी टेलिभिजन च्यानल जीओ टिभीका अनुसार यो विषयमा रबीले शनिबार फेडरल इन्टेस्टिगेशन एजेन्सी (एफआईए) मा उजुरी दिएकी छन्।

यी पाकिस्तानी मोडल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत बेला बेलामा धम्की दिने गरेकी छन्। उनको निजी फोटो सार्वजनिक भएको यो पहिलो पटक भने होइन। यसअघि पनि उनको भिडियो र फोटो एक व्यक्तिले सामाजिक सञ्जालमा भाइरल बनाएका थिए। एजेस्निको सहयोग मा ।

49 Post Views

प्रतिकृया दिनुहोस्