Tuesday, November 12

कथाले मागे मलाई ओपन हुन डर छैन

नेपाली कलाक्षेत्रमा नयाँ अनुहार भित्रिने क्रम दिन प्रतिदिन बढ्दो छ । तीमध्येकी एक हुन् सोफिया पोमो लिम्बु । सोफिया छायाङ्कनको तयारीमा रहेको फिल्म ‘फटाहा फणिन्द्रे’बाट अभिनयमा भित्रिन लागेकी हुन् । यो फिल्ममा उनको अलवा अभिनेत्री सुस्मा कार्की समेतको मुख्य भूमिका रहनेछ । फिल्म अभिनयमा ‘फटाहा फणिन्द्रे’बाट डेब्यु गर्न लागे पनि कलाकारिताका लागि भने उनी नौलो होइन ।

थुप्रै मोडलिङ र केही म्युजिक भिडियो अभिनय गरेको अनुभव उनीसँग छ । करिब ५ वर्ष अगाडि एक फेसन सोमार्फत् आफूलाई मोडलिङ प्रवेश गराएकी सोफिया पछिल्लो समय डेमन मोडलिङ एजेन्सी र नेपाली न्यु मोडल एजेन्सीको कार्यक्रममा नियमित र्याम्पमा उत्रिने गरेकी छन् । यिनै सोफिया पोमो लिम्बुसँग रातोपाटीले गरेको दस प्रश्न ।

मोडलिङ किन रोज्नु भयो ?

यो मेरो रुचिको विषय पनि हो । अर्काे कुरो मेरा सथीहरु पनि धेरै मोडलिङमै छन् । सङ्गत र रुचिको विषय मिलेकाले यसमै होमिए ।

के रहेछ मोडलिङ ?

मोडलिङ एउटा आकर्षक व्यक्तित्व हो । आफूलाई अरूभन्दा भिन्न तथा आकर्षक रूपमा प्रस्तुत गर्नु नै मोडलिङ हो । मोडलिङले मानिसको व्यक्तित्व निर्माणमा समेत सघाउँछ ।

अभिनयमा पनि देखिँदै हुनुहुन्छ हैन ?

मोडलिङ र अभिनय करिब करिब एउटै पेसा हो । अर्काे कुरो मैले मोडलिङको अलवा म्युजिक भिडियो अभिनय पनि गरेकी छु । अहिले फिल्ममा होमिन लागेकी हुँ ।

अभिनयका लागि तयारी ?

विगत ५ वर्षदेखि म मोडलिङमा छु । केही म्युजिक भिडियो अभिनय पनि गरेकी छु । यी कामबाट जेजति सिकेकी छु, त्यो फिल्म अभिनयमा पनि काम लाग्छ । अर्काे कुरो फिल्मका लागि नृत्य प्रशिक्षण लिइरहेकी छु । फाइट कक्षा पनि जाने तयारीमा छु ।

फिल्ममा अभिनेत्रीको ग्ल्यामर बिक्छ भनिन्छ, तपाईंको ग्ल्यामरप्रति धारणा के छ ?

ग्ल्यामर समयको माग हो । फिल्ममा अन्य मसला जस्तै ग्ल्यामर पनि आवश्यक हुन्छ । त्यसका लागि कथाले मागेको हुनुपर्यो । जबरजस्ती घुसाएको ग्ल्यामर सुहाउँदो हुँदैन । फिल्मको कथाले माग्छ भने मलाई पनि ओपन हुन डर छैन । तर समाजले पचाउनेभन्दा माथि जान सक्दिनँ ।

प्रेम ?

छैन । अहिले मेरो प्रेम गर्ने, हल्लिएर बरालिने उमेर होइन । करियर बनाउने उमेर हो । त्यसैले प्रेमभन्दा पनि म काममा फोकस छु । रातो पाटि बाट ।

20 Post Views

प्रतिकृया दिनुहोस्