Thursday, November 14

काठमाण्डौमा पैसाकालागि क’ण्डम बिनै यौ’न सम्पर्क

सन्ध्या केसी – कुनैबेला दैनिक हजारदेखि १० हजारसम्म कमाउने कमला यतिखेर र’क्सीको सहारामा बाँचेकी छिन् । उमेरले ४० पुगेकी कमलाका अगाडि जीवनको कुनै आशा बाँकी छैन । तनावमा डुबेकी कमलालाई डाक्टरले डिप्रेसनको सल्लाह दिएका छन् । राजधानी र अन्य सहरका अधिकांश यौ’नकर्मीहरू ३०, ३५ उमेर कटेपछि यस्तै समस्यामा परिरहेका छन् । जवानी छउन्जेल भने जति पैसा पाउने यौ’नकर्मीको मोल उमेर ढल्कँदै गएपछि ओरालो लाग्न थाल्छ र उनीहरूमा सुरु हुन्छ डिप्रेसन ।

राजधानीमा मात्र अहिले कम्तीमा पनि ५० हजार यौ’नकर्मी रहेको अध्ययनले देखाएको छ । उनीहरूमध्ये ३५ काटेका यौ’नकर्मीमध्ये आधाभन्दा बढीमा डिप्रेसनको समस्या रहेको यौ’नकर्मीहरूको क्षमता अभिवृद्धिलगायतका काममा कार्यरत संस्थाहरूको दाबी छ । अधिकांश यौ’नकर्मी २५ वर्षसम्मको उमेरसम्म मोटो रकम कमाउँछन् तर जुन बाटोबाट आउँछ ठीक त्यसैगरी खर्च गर्छन् । ‘माहोल नै यस्तो हुन्छ कि जवानी ढलेपछि कमाइ घट्ने भन्ने हेक्का नै हुँदैन, कमलाले भनिन् ।

खासगरी उमेरको चढावसँगै उनीहरूको ठाउँमा कम उमेरका महिलाहरू भित्रिने, पहिलाजस्तो आम्दानी नहुने र सजिलो पैसामा बाँच्ने बानी विकास भएको हुँदा जीवनप्रति निराशा बढन गएर र’क्सी र केहीले ला’गूऔ’षधको समेत सहारा लिने गरेको उनीहरू बताउँछन् । यौ’नकर्मी महिलाको क्षमता अभिवृद्धिलगायतमा कार्यरत यौ’नकर्मी महिलाहरूको संस्था जागृति महिला महासंघकी कार्यक्रम निर्देशक विजया ढकालका अनुसार, अहिले ठूलो संख्यामा यौ’नकर्मी डिप्रेसनको सिकार भएका छन् ।

चिकित्सकहरूका अनुसार यौ’न पेसामा लाग्ने महिलाहरूमा उमेर ढल्किँदै गएपछि निद्रा नलाग्ने, एकान्तमा बस्न मन पराउने, न’सालु प’दार्थ से\वन गरेर ल’ठ्ठ पर्नेजस्ता लक्षण देखिने गर्छन् । यो तनावले गर्दा उमेर ढल्कँदै गएका यौ’नकर्मी महिलाले ग्राहक नपाउने र पैसाका लागि बिना क’न्डम पनि यौ’नसम्पर्क राख्न बाध्य हुनुपर्ने हुँदा एचआईभीको बढी जोखिममा पर्ने सम्भावनासमेत हुन्छ ।

ग्राहकले बिनाक’ण्डम यौ’नसम्पर्क राख्न दिएमात्र पैसा तिर्ने सर्त राख्ने भएकोले उनीहरू पेटका लागि बाध्य हुने गरेको जागृति महिला महासंघकी कार्यक्रम अधिकृत शान्ति तिवारी बताउँछिन् । विडम्बनाको कुरा, सुरक्षित यौ’नका क्षेत्रमा बग्रेल्ती संस्थाहरूले कुरा गरे पनि नियतिले ठगिएका यौ’नकर्मीहरूका यी समस्याका बारेमा उनीहरू केही संस्थाहरूबाहेक अरू कसैले चासो लिएका छैनन् ।

2,213 Post Views

प्रतिकृया दिनुहोस्