Wednesday, November 20

हेटौंडामा बस दुर्घटना, २१ जना घाइते

मकवानपुर / हेटौँडा–१५ रातोमाटे लच्कामा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रातोमाटेमा गाडी दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको ना ४ ख ५७०० नम्बरको मुुुुनाल यातायात प्रालिको यात्रुवाहक बस दुर्घटनामा परेको हो । बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १९ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने २ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

– फाइल तस्बिर

32 Post Views

प्रतिकृया दिनुहोस्