Wednesday, November 20

९० बर्षे हजुरबुवा लट्ठी टेक्दै सहयोग लिएर अर्चनाको डेरामा, आमाको उपचारको लागी पानी बेच्न नपर्ने (हेर्नुस भिडियो)

एउटी अबोध कलिली बालिकाले कमाएर घरपरिवार पाल्छिन् भन्दा आश्चर्य लाग्न सक्छ । तर बास्तबमै ९ वर्षीय बालिकाले आफ्नो आमा बचाउन काम गर्दै र आफु पनि पढ्दैछिन् । यति सानै उमेरमा आफ्नो आमाको लागि यति धेरै दुख गरि बसन्तपुर क्षेत्रमा पानि बेच्ने काम गर्छिन् अर्चना पराजुली । उनि अहिले कक्षा ३ मा पढ़छिन । पढाईमा पनि एकदम मेहनेती छिन । उनि कक्षाको तेस्रो छात्र हुन् ।बाबा मिर्गौला रोगकै कारण केही महिना अघी बिते र आमा पनि मुटु र मिर्गौलाकै बिरामी छिन् । आमालाई मुटु र मृगौलाको समस्या भएकै कारण आमा काम गर्न नसक्ने भएका कारण उनि उपचार खर्च जुटाउन पानी बेच्न थालेकी हुन् । उनकी दिदि पनि छिन् । दिदिले भने आमाको हेरचाह गर्छिन् ।

गरिब भएकै कारण आफुहरुलाई साथीहरुले पनि हेप्ने गरेको उनि बताउछिन । हामीले पहिलो भिडियो युट्युबमा हालेपछी केहि रकम जम्मा भएका थिए आज हामीले तेही रकम दिन जादा परिवारको सबै जना खुशी भएका थिए ।उनीहरुको दुखलाई देखेर ९० वर्षे हजुर बुवा समेत सहयोग गर्नको लागि उनको डेरामा पुगेको थियो । यति धेरै सहयोग पाउदा अर्चनाको परिवारमा केहि भए पनि खुशियाली छाएको हामीले महशुस गरेका छौ । तपाई हरु पनि हामी मार्फत सहयोग गर्न चाहनु हुन्छ भने 9861296721 सम्पर्क गर्नु होला । र तपाई सिधै अर्चनाको आमालाई पनि सम्पर्क गर्न सक्नु हुनेछ उहालाई 9865543220 मा सम्पर्क गर्नु होला ।बाकी भिडियोमा हेर्नुस

24 Post Views

प्रतिकृया दिनुहोस्