Wednesday, November 20

छुट्टीमा घर आएर फेरी परिवार छोडेर विदेश पुगेका कार्कीको यसरि भयो दुखद निधन !

रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका बागलुङ जिल्ला काठेखोला गाउँपालिका–७ रेश पिडाल्लाका नरबहादुर कार्कीको श व ल्याउन समस्या भएको छ । गत असोज १७ गते साउदीमा काम गर्ने क्रममा निधन भएका कार्कीको श व नेपाल ल्याउन समस्या भएको परिवारले जनाएको छ ।साउदीको सेल अल रेढाइ कम्पनीमा कार्यरत कार्कीको अचानक बिरामी भई उपचारका क्रममा निधन भएको हो । निधन भएको दुई साता बित्दा पनि आफन्तले श व बुझ्न पाएका छैनन् । दूतावास र कम्पनीका कारण श व बुझ्न समस्या भएको मृ तकका ज्वाइँ रामु कार्कीले बताउनुभयो ।

विगत सात वर्षदेखि उक्त नर्सरी कम्पनीमा कार्यरत कार्की २० महीनाअघि छुट्टीमा घर आएर फर्कनुभएको परिवारले जनाएको छ । पारिवारिक अवस्था कमजोर रहेका कार्कीको परिवारमा अभिभावक गुमाउनुको पीडा त छँदैछ त्यहीमाथि निधन भएको १३ दिन बित्दासमेत श व ल्याउन नसक्दा पीडित परिवारलाई थप पीडा भएको छोरी विष्णु कार्कीले बताउनुभयो ।

साउदीका लागि नेपाली दूतावासले कम्पनीले आधिकारिक पत्र लिएर कम्पनीकै प्रतिनिधि आउनुपर्ने भन्दै श व पठाउन नमानेको परिवारले जनाएको छ । “कम्पनीले हालसम्मको ज्याला तथा श व पठाउने खर्च दूतावासलाई बुझाइसक्दासमेत दूतावासले हालसम्म श व पठाउन कुनै चासो दिएको छैन”, ज्वाइँ कार्कीले भन्नुभयो, “सबैलाई श व नेपाल ल्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु ।” मृ तकको श व साउदीस्थित एक अस्पतालमा रहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा साउदीमा निधन भएका कार्कीका श्रीमतीसहित चार छोरी छन् ।

22 Post Views

प्रतिकृया दिनुहोस्