Monday, October 21

द भ्वाइस अफ नेपाल : सबैको मन जित्दै विमोचना

काठमाडौं / चर्चित गायन रियालिटि शो द भ्वाइस अफ नेपाल सिजन २ मा दार्जिलिङ बाट आएकी विमोचना लम्जेलले ब्लाइन्ड अडिसन आफ्नै आमाको स्वरमा सजिएको “भैंसी लड्यो है माया” बोलको कालजयी गीत गाएर चर्चामा आएकी थिइन् । उनले ब्याटल राउन्डमा पनि सबैको मन जितेर अगाडि बढेकी छिन् ।डेजी बराईलीले आज भन्दा ४४ बर्ष अगाडी “भैसी लड्यो है” बोलको गित गएकी थिईन् । बराईलीले उक्त गित १६ बर्षको हुदा स्कुलकै युनिफर्म लगाएर रत्न रेकडिङ् सस्थानमा रेकर्ड गराएको सो गित त्यो बेलाको लोकप्रिय गित थियो ।

जुन अहिलेको युवापुस्ता माझ पनि लोकप्रिय रहन सफल भएको छ । हेर्नुस डेजिले सो गीत एक बेलाको चर्चित सांगीतिक मन्च “पलेटी”मा गाएको भिडियो ।४४ बर्ष पुरानो गित अन्तराष्ट्रिय फ़्रेञ्चाईज शो ‘द भ्वाईस’को नेपालि सस्करण ‘द भ्वाईस अफ नेपाल’मा डेजिकै छोरीली गाएपछि एकाएक चर्चामा आएको छ ।

बराईलीले २००६ मा पलेटि प्रोग्राममा एकपटक यो गित गाएको थिईन् । सो भिडियो हाल एकाएक भाईरल भएको छ । उनले पलेटिमा गाएको गित युट्युवमा भ्वाईस अफ नेपालमा छोरीले गाउनु अघि केहि लाख पटक मात्र हेरीएको थियो ।तर द भ्वाईसको स्टेजमा यो गित गुन्जिएपछि भने यो गितको भिडियोलाई धैरै पटक हेरीएको छ । हामीले यो समाचार तयार पार्दासम्ममा २ वर्ष अघि सार्बजनिक सो भिडियोलाई २१ लाख ९७ हजार भन्दा बढि पटक हेरिसकिएको छ ।

३७ हजारले भन्दा बढिले मनपराएर लाईक गरेका छन् भने ९ सय भन्दा बढिले मननपराएर डिस लाईक गरेका छन् । एक हजार ९ सय भन्दा बढि कमेन्टहरु आएका छन्, अधिकासं कमेन्टहरु सकारात्मक नै छन् ।

मिनेट मिनेटमा यो भिडियोको भ्युज निरन्तर सयौको अन्तरले बढिरहेको देख्न सकिन्छ । भ्वाईस अफ नेपालमा यो गीत गुन्जिए पछि यता आएको भनेर धेरैले कमेन्ट गरेका छन् । उक्त गित युट्युबमा “पलेटि नेपाल” नामक युट्युव च्यानलबाट अपलोड गरिएको छ । बराईली र उनको परिवार सिक्किममै बसोबार गर्छन् । तर पनि नेपाली भएकोमा उनि निकैनै गर्व महसुस गर्छिन । नेपाललाई दुख्दा आफुलाई पनि दुख्ने बराईली बताउछिन् ।

18 Post Views

प्रतिकृया दिनुहोस्