Monday, October 21

काभ्रेमा गाडि दुर्घटना हुँदा तीन जनाको मृत्यु (तस्विरहरू सहित)

बनेपा / काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएकाे दुर्घटनामा पन्ध्र जना घाइते भएका छन् । महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ३५९५ नम्बरको गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान, वकिल बोम्जन तथा नाम र ठेगाना नखुलेको एक जना रहेका छन् । दुर्घटनामा घाइते भएका यात्रुको प्रहरी र स्थानीयवासीले उद्धार गरेका छन् ।

81 Post Views

प्रतिकृया दिनुहोस्