Monday, October 21

केहि महिनाअघि उम्लिरहेको तेलमा डुबेका शिशिर अहिले कस्तो भए ? कस्को आँशु नझर्ला यो भिडियो हेर्दा

काठमाडौं- कति सुन्दर थियो यो परिवार । प्युठानका २ बर्षका शिशिर खड्का आफ्नो आमा बुवासंग दंग थिए । तर गएको असारको त्यो घटनाले शिशिरको जीवन मात्रै हैन यो परिवारको खुशी नै खोसिदियो । साथीहरुसंग खेलिरहेका शिशिर पुरी पकाउन उमालिरहेको तेलमा डुबे । पानी लिन गएकी आमा फर्केर आउंदा छोराको त्यो अवस्था देखेर मुर्छा परेर ढलिन् । भारतमा रहेका शिशिरका बुवा खबर थाहा पाउने बित्तिकै घर फर्के । शिशिरका दाई पनि छन् । चरण चरणको अप्रेशनले शिशिरलाई यो अवस्थामा ल्याउन सकियो । खुशीको कुरा शिशिर बांचे तर उनको त्यो सुन्दर अनुहार र शरीर यस्तो भयो ।

नमस्कार म शिशिर भण्डारी.. अर्को एउटा दुखद भिडियो लिएर आएको छु । यो भिडियो हेर्ने जति सबैले लाईक गरारैं अनि पुरा भिडियो हेरेर सबैले सेयर गरौं । सबै नेपाली मांझ पुर्याऊं है । गरिब परिवारले शिशिरको उपचारका लागि हालसम्म १२ लाख भन्दा माथि खर्चिसकेको छ । ऋण गरेर छोराको जीवन बचाएका शिशिरको आमा बुवाको रुंदा रुंदा आंशु रित्तिसक्यो । शिशिरको आमा उनको पहिलेको फोटो हेर्नै सक्दिनन् । त्यो दुर्घटनापछि शिशिर झनक्क रिसाउने भएका छन् । आफ्नो अनुहार ऐनामा हेर्दै घरभरीका सबै ऐना फुटाईसके । उनलाई आफु भुत जस्तो लाग्छ रे । अहिलेदेखि नै आफ्नो अनुहार प्रति उनलाई ठुलो घृणा छ ।

यसैबिच चर्चित बाल कलाकार शिशिर बाबुलाई भेट्न गए । उनीसँगै आमा कविता रेग्मी र बाबा अरुण रेग्मी पनि पुगेका थिए । हामीले शिशिर बाबुलाई २ लाख ३६ हजार सहयोग दिँदा अनुभवको परिवारले पनि आफुले सकेको सहयोग गर्नुभयो । त्यसैबिच अनुभव निकै भक्कानिएर रोए ।

25 Post Views

प्रतिकृया दिनुहोस्