Thursday, November 14

पल्सर १२५को दमदार इन्ट्री, यस्तो छ पहिलो महिनाको बिक्री

बजाज मोटरसाइकलले भारतीय बजारमा ल्याएको पल्सर सिरिजको सबैभन्दा कान्छो बाइक ‘पल्सर १२५’ले निकै धमाकेदार बिक्रीको सुरुवात गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अगस्टको अन्तिम साता बजारमा आएको उक्त मोटरसाइकलको पहिलो महिनाको बिक्री १९ हजार ८५८ यूनिट भएको जनाएका छन् ।

अगस्ट महिनामा समग्र पल्सर सिरिजको बिक्री ७० हजार ५६२ यूनिट भएको मा सबैभन्दा बढि पल्सर १५० बिक्री भएको जनाइएको छ । ३३ हजार २६५ यूनिट पल्सर १५० बिक्री हुँदा पल्सर १२५ दोस्रो स्थानमा रहेको छ ।भारतीय अटो बजार यतिबेला निकै कमजोर भइरहेको बेलासमेत बजाज पल्सर सिरिजले आफ्नो साख बचाइरहेको छ । यस्तोमा बजाज पल्सर १२५ ले निकै राम्रो व्यापार गर्न सफल भएको जनाइएको छ ।

यो मोटरसाइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । पल्सर १५० मा आधारित यो मोटरसाइकल पल्सर सिरिजकै सबैभन्दा सस्तो मोडल हो ।यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३.५ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ । उक्त मोटरसाइकलले हिरो ग्ल्यामर र होन्डा सीबी साइनसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

बजाज पल्सर १२५ नेपाली बजारमा भने तत्काल आउने कुनै योजना नरहेको नेपालको लागि बजाजको आधिकारीक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि स्रोतले जानकारी दिएको छ ।

99 Post Views

प्रतिकृया दिनुहोस्