Monday, October 21

होशियार ! मोबाइल सिरानी छेउ राखेर सुत्नु हुन्छ ? एकचोटी अबस्य पढ्नुहोस

मोबाइल सिराने मुनी राखेर कहिले पनि नसुत्नु होला किनकी मोबाइलबाट निस्किएका कयौ हानिकारक विकिरणहरू खासगरी (900 MHz radiofrequency) मानव शरीरमा धेरै किसिमका रोगहरु उत्पन्न गराउन सक्छ। त्यस मध्य पनि मोबाइल फ़ोनबाट निस्कने माइक्रोवेव विकिरणलाई स्वास्थ्यमा धेरै प्रतिकूल प्रभाव पर्ने मानिएको छ।

विभिन्न स्वस्थ्य अनुसन्धान हरुले दवागरे अनुरूप मोबाइल बाट निस्कने विकिरणले सम्भवतः उच्च रक्तचाप, टाउको दुखाइ, ब्रेन ट्यूमर; अलजाईमर्स र कैंसर सम्म पनि गराउन सक्दछ। फिनलैंडका वैज्ञानिक दारियूस लेसजेकजिन्सकी ले गरेको अनुसन्धानमा बताए अनुरूप मोबाइल फोन को विकिरणसंग संपर्कमा आउने मानव कोषहरुको स्वरुप बदलिनुका साथ-साथै अन्य क्रियात्मक परिवर्तन पनि भएको पाईएको छ।

त्यसै गारी साईखेड़कर नामका भारतीय वैज्ञानिकले गरेको अनुसन्धानमा पाइए अनुरूप मोबाइल विकिरणको प्रयोगले परीक्षित प्राणीहरुको मस्तिस्कमा एंटीऑक्सीडेंट एंजाइम र नॉन एन्जिमेटिक एंटीऑक्सीडेंटको स्तरमा परिवर्तन पाईएको र लिपिड पेरोक्सीडेशन बढेको पाइएको छ। उक्त प्राणीहरूको ब्रेन को हिस्टोलोजीकल स्टडीले हिप्पोकैम्पस, सबहिप्पोकैम्पस र सेरिब्रल करतेष्का मस्तिष्ककोषहरू पनि विगठित भई मारेको पाइएको थियो। एजेन्सीको सहयोग मा ।

यो पनि पढ्नुहोस
बिहान उठ्ने बित्तिकै मोबाइल चलाउनु हुन्छ ? साबधान एकपटक अबस्य पढ्नुहोस

अहिलेको समयमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ। हरेक समय हामी फोन प्रयोग गरिरहेका हुन्छौं। मोबाइल सँग यति जोडिएका छौं, राति सुत्नु अघिसम्म मोबाइल स्क्रिनमै हराउने हामी बिहान उठ्नासाथै फोन मात्र देख्छौं। ब्युँझने बित्तिकै फोन चलाउने हाम्रो बानी भइसकेको छ।

तर अध्ययनहरुले यसरी बिहान उठ्नासाथ मोबाइल चलाउँदा विभिन्न प्रकारका असर निम्तन सक्ने देखाएका छन्। पछिल्लो समय बेलायतमा करीब दुई हजार व्यक्तिमा गरिएको सर्वेक्षणबाट बिहान उठे लगत्तै मोबाइल फोन प्रयोग गर्ने व्यक्तिहरुको दिनको शुरुआत तनावबाट हुने पाइएको छ। जसका कारण उनीहरुलाई आफ्नो नियमित काम गर्न असहज हुन्छ।

विज्ञहरुका अनुसार, उठ्ने बित्तिकै जब हामी मोबाइलको नोटिफिकेशन देख्छौं, मस्तिष्कले त्यही विषयमा सोच्न थाल्छ। जसको कारण हाम्रो ध्यान दोस्रो काममा जाँदैन। त्यसले हाम्रो कार्यक्षमतामा असर पुर्‍याउँछ।

327 Post Views

प्रतिकृया दिनुहोस्