Monday, October 21

दाँत पहेँलो भएर चिन्तामा हुनुहुन्छ ?त्यसोभए अब तोरीको तेलले यसरी चम्काउनुस् (विधीसहित)

काठमाडौँ । शरिरको महत्वपूर्ण अगंमध्ये दाँत एक हो । जसले गर्दा मानिसहरुको पहिलो हेराइ भनेको अनुहार र दाँतमा हुन्छ । यदि हामीले दाँतको सरसफाई गरेनौ भने पहेँलो हुन्छ । तर लामो समयसम्म पहेँलो दाँत सफा गरेन भने पहेँलो हटाउन गाह्रो हुन्छ । जसले तपाईको ब्यक्तित्वमै ठुलो असर पर्दछ । त्यसैले आज हामी तपाईलाई फोहोर र पहेँलो दाँतलाई कसरी सेतो र चम्किलो बनाउने सजिलो तरिका सिकाउदै छौँ । हेर्नुस्

-सुरुवातमा एउटा कचौरामा आधा चम्चा बेसारसँग तोरीको तेल मिसाउनुस् । अनि उक्त पेस्टलाई औलामा लगाएर पहेँलो दाँतमा रड्नुस् । यदि यसरी नै नियमित प्रयोग गर्नुभयो भने तपाई दाँत विस्तारै सेतो र चम्किलो हुन्छ ।

-यदि आधा चम्चा तोरीको तेलमा एक चिम्टी नुन मिसाएर दैनिक ब्रसमा लगाएर पहेँलो दाँत सफा गर्यो भने विस्तारै चम्किलो हुन्छ ।

-त्यस्तै आधा चम्चा शुद्ध तोरीको तेललाई हत्केलामा लिएर औलाले गिजा तथा दाँतमा दल्नुस् । यसो गर्दा दाँत र गिजासम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ ।

343 Post Views

प्रतिकृया दिनुहोस्