Monday, October 21

कबड्डी कबड्डी कबड्डी’को व्यापार ११ करोड

असोज ३ गतेबाट रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी’को निर्माणपक्षले १४ दिनको व्यापारिक रिपोर्ट सार्वजनिक गरेको छ । चलचित्रको टिमले सार्वजनिक गरेको रिपोर्ट अनुसार, यो चलचित्रले असोज १६ गतेसम्म ११ करोड ३ लाखको ग्रस व्यापार गरेको छ ।पहिलो साता ७ करोड भन्दा माथिको ग्रस कलेक्शन गरेको चलचित्रले १४ दिनमा ११ करोडको व्यापार गर्दै चलचित्र ‘कोहिनुर’को १० करोड हारहारीको व्यापारलाई उछिनेको छ ।

निर्माणपक्षले दिएको जानकारी अनुसार, यो चलचित्रले काठमाण्डौमा ६ करोडको हारहारीमा व्यापार गरेको छ । काठमाण्डौ बाहिर चलचित्रको व्यापार ५ करोड छ । चलचित्र अझै पनि केही हलमा चलिरहेको र दशैंको बिदा भएकाले व्यापार उच्च हुने अपेक्षा यसका निर्माताको छ ।

80 Post Views

प्रतिकृया दिनुहोस्