Monday, October 21

दशैंको अवसरमा अनमोल स्टारर चलचित्र “क्याप्टेन” सार्वजनिक, यसरि हेर्नुहोस (भिडियो सहित्)

काठमाडौं / बडा दशैंको अवसर गतबर्ष हलमा लागेको अनमोल केसी स्टारर चलचित्र “क्याप्टेन” आइफ्लिक्स नामक अनलाइन एपमा सार्वजनिक भएको छ ।दशैंको खुसियाली सँगै आफ्नै मोबाइलबाट सजिलै सँग चलचित्र क्याप्टेन हेर्नुहोस् । कसरी हेर्ने भन्ने थाहा छैन भने, तपाईंको मोबाइलको प्ले स्टोरबाट iflix नामको एप डाउनलोड गरेपछि सजिलैसँग क्याप्टेन हेर्न सकिनेछ ।

पछिल्लो समय निकै नै लोकप्रिय बन्दै आइरहेको आइफ्लिक्स एपले युट्युबमा नआएको नयाँ नयाँ नेपाली चलचित्र सार्वजनिक गर्दै आएको छ ।अनमोल केसी स्टारर चलचित्र​ ‘क्याप्टेन’लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन्। भुवन केसीको होमप्रोडक्सन रहेको सिनेमामा अनमोलले उपासना सिहं ठकुरी तथा प्रियंका एमभी दुई नायिकासँग रोमान्स गरेका छन्।फिल्म​मा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एम भी लगायतको अभिनय रहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

44 Post Views

प्रतिकृया दिनुहोस्