Wednesday, November 20

पुडासैनी प्रकरणमा चितवनबाट रविको बारेमा भर्खरै आयो यस्तो समाचार

पत्रकार शालिकराम पुडासैनीको देहत्याग दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिएको थियो । आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका साक्षीसँगै घटनापछि श व परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिकसँग पनि बकपत्र गरिने अदालतले जनाएको छ ।

थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतले जाहेरीकर्ता शालिकरामकी श्रीमती सम्झना पुडासैनी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाह र फरेन्सिक ल्याब नक्सालका प्रहरी नायब उपरीक्षक श्यामकुमार मण्डलको बकपत्र लिएको हो ।

मुलुकी अपराध संहिताअनुसार आ त्मह त्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । साउन २० गते नारायणगढको कङ्गारु होटलमा पुडासैनी झु ण्डिए को अवस्थामा श व भेटिएको थियो । उनको मोबाइलमा मृ त्युअघिको भिडियोमा म’र्नुका कारण ती तीन व्यक्ति रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरी सो मुद्दा दर्ता गराएको थियो ।

80 Post Views

प्रतिकृया दिनुहोस्