Monday, October 21

डोल्पामा प्रहरी हवल्दारद्वारा १२ वर्षीया बालिकामाथि गरे बला’त्का’र प्रयास, चौकी घेराउ

डोल्पा, २ असोज । डोल्पामा प्रहरीले नै एक बालिका बला’त्कार गर्न खोजेको विरोधमा स्थानिय आन्दोलनमा उत्रिएका छन् । त्रिपुरासुन्दरी नगरपालिका–२ रुमस्थित वडा कार्यालय सुरक्षार्थ खटिएका एक प्रहरी हवल्दारले १२ वर्षीया बालिकालाई जब’रज’स्ती गर्ने प्रयास गरेको भन्दै स्थानिय आन्दोलनमा उत्रिएका हुन् । प्रहरी चौकी त्रिपुराकोटमा कार्यरत ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसिले १२ वर्षीया बालिकालाई जव’रज’स्ती गर्ने प्रयास गरेको स्थानियको भनाई छ ।

त्रिपुरासुन्दरी नगरपालिका २ की कक्षा ७ मा अध्यायनरत १२ वर्षीया बालिकालाई असोज १ गते राती ८ बजेतिर मदि’रा से’वन गरेर जव’रजस्ती गर्ने प्रयास गरेको स्थानियले जनाएका छन् । पीडितका आफन्तले ति प्रहरी हवल्दारलाई कारवाहीको माग गर्दै प्रहरी चौकी त्रिपुराकोटमा निवेदन दिएका छन् । पीडितले निवेदन दिएलगत्तै ब’ला’त्कार प्रयासका आरोपित प्रहरी हवल्दार जिसिलाई असोज १ गते रातीनै जिल्ला प्रहरी कार्यालय दुनैमा पठाइकाृ छ ।

त्रिपुराकोटका प्रहरी नायव निरिक्षक टेकबहादुर देउवाले उनलाई जिल्ला पठाइएको जानकारी दिएका छन् । आरोपितलाई रातारात जिल्ला पठाइएको भन्दै रुम गाउँका स्थानीयले बिहिबार प्रहरी चौकी घेराउ गर्दै ढुङ्गामुढासमेत गरेका छन्। दुई तीन सयको हाराहारीमा आएका स्थानीयले चौकी घेराउ गर्दै नाराजुलुस गरेपछिस्थिति तना’वग्र’स्त भएको थियो । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख नाराययण रन्जितकारले आरोपीलाई पक्राउ गरी जिल्ला पुर्याएको प्रतिकृया दिएका छन् । कारवाही प्रकृया समेत अघि बढाइएको प्रहरीको भनाई छ । तस्विर फाइल

17 Post Views

प्रतिकृया दिनुहोस्