Friday, January 24

भर्खरै कमलाले गरिन् अनुरोध :- देशको र आमाको लागि गित गाउनेहो मैले, के मलाइ साथ दिनुहुन्छ ? (भिडियो)

ट्याक्क ट्याक्क दोहोरीमा जवाफ फर्काएर चर्चित भएकी ११ वर्षीया कमला घिमिरेको पढाईको विषयमा सर्वत्र चिन्ता भइरहेको छ । सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई निकै युट्युव च्यानलहरुले पच्छ्याइरहेका छन् । आर्थिक अवस्था पनि त्यती उच्च नभएको कमलाको परिवारमा अहिले मानिसहरुके भिड दिनहुँ दाग्छ । त्यसैले उनका बुवा आमा पनि दंग छन् । उनलाई सहयोग गरिरहेका सहयोगी अमृतले कमलाको पढाईका बारेमा आफुहरु पनि चिन्तित भएको बताएका छन् ।

अहिले शैक्षिक सत्रको बिचमा भएकाले अहिले नै उनको पढाईको बारेमा नयाँ थप केही गर्न नसकिने बताउँदै उनले अर्को शैक्षिक सत्र देखि भने कमलालाई काठमाडौंमै संगित कक्षामा राखिदिने र थप पढाईको लागि काठमाडौंकै राम्रो विद्यालयमा भर्ना गर्ने योजना रहेको बताएका छन् ।कमलाकी आमाको बिचार भने छोरीलाई कक्षा १२ पास गरेपछि मात्र छोरीलाई काठमाडौं पठाएर पढाउने छ । तर बुवाले भने निकै राम्रो अवसर आयो भने कमलाको प्रतिभा र पढाईलाई पनि संगसंगै लान सकिने बातावरण पाए काठमाडौं पठाउन सक्ने बताए । आमा र बुवाको सपना बनेकी कमलाले पनि आफ्नो प्रतिभा आफ्नै आमाबुवा र मुलुकको लागि भएको बताइन् । उनले आफु एउटा ठूलो कलाकार बन्ने र कमलाले आफुले गाएको गीतमा दिदीलाई मोडल बनाउने इच्छा रहेको योजना सुनाइन् । दशैं तिहार पछि आफुले नयाँ गीत सार्वजनिक गर्ने र त्यसमा दिदीलाई मोडल बनाउने योजना रहेको बताइन् ।

38 Post Views

प्रतिकृया दिनुहोस्