Monday, October 21

जंगलमा फोटोग्राफरले खिचे फोटो, उनलाई पनि थाहा थिएन यसमा के लुकेको थियो ?

काठमाडौं। सामाजिक संजालमा अहिले एउटा दिमागी कसरत गराउने पहेली भाइरल भइरहेको छ । यसमा दावी गरिएको छ कि यदि तपाइँ अत्यन्तै बुद्धिमान हुनुहुन्छ भने यो पहेलीलाई सजिलै सुल्झाउनुहुनेछ । मिररको रिपोर्टका अनुसार यो फोटो भारतको मध्यप्रदेशमा तनय नामका एक फोटोग्राफरले खिचेका हुन् । फोटोग्राफरका अनुसार उनलाई थाहै थिएन कि उनको फोटोमा एउटा उल्लु लुकेर बसेको छ ।

पछि फोटोग्राफरले यो फोटोलाई सामाजिक संजालमा शेयर गरे । उनले सामाजिक संजालमा यो फोटोमा उल्लु खोज्ने चुनौती दिए । यो फोटोमा एउटा कलर्ड स्कप्स प्रजातिको उल्लु लुकेको छ जो दक्षिण एसियामा पाइन्छ । यदि तपाइँले उल्लु देख्न सक्नुभएन भने तलको फोटोमा हेर्नुहोस् उल्लु कहाँ लुकेको रहेछ ?

3,569 Post Views

प्रतिकृया दिनुहोस्