Monday, October 21

आज झन् घट्यो सुन-चाँदीको भाउ, तोलाको कति ?

काठमाडौँ । आज (आइतबार) पनि नेपाली बजारमा सुनको भाउ झन् घटेको छ । बिहीबार र शुक्रबार तोलामा २ २ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको हो ।आज छापावाल सुन प्रतितोला ७० हजार २ सय तथा तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबारबार चाँदी ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।

372 Post Views

प्रतिकृया दिनुहोस्