Monday, October 21

खाटमा थिए एक जोडी सर्प, ती माथि बसिन् फोनमा व्यस्त महिला त्यसपछि…

भारतको उत्तर प्रदेशको गोरखपुर जिल्लामा एउटा निकै दुर्भा*ग्यपूर्ण घटना सार्वजनिक भएको छ । यहाँ एक महिला आफ्नो बेडरुममा आएको एक जोडी सर्पमाथि फोन गर्दागर्दै बसिन् । सर्पले उनलाई तुरुन्त ड*से र उनको मृ*त्यु भयो ।गोरखपुर जिल्लामा बस्ने मिरा नामकी महिला फोनमा कुरा गरिरहेकी थिइन् । उनका श्रीमान् जय सिंह थाइल्याण्डमा काम गर्छन् । फोनमा कुरा गर्दागर्दै मिरा बेडरुममा गइन् र बेडमाथि बसिन् ।

उनलाई थाहा थिएन, बेडमा एक जोडी सर्प छन् । सर्पले मिरालाइ डसेलगत्तै परिवारले उनलाई नजिकैको सरकारी अस्पताल भर्ना गरे त्यहाँका डाक्टरले उनलाई मऊ जिल्लाका लागि रिफर गरे तर उनको सरकारी अस्पतालमा नै मृ*त्यु भयो ।

ती जोडी सर्प धेरै बेरसम्म बेडमा नै घुमिरहेको भारतीय मिडिया आजतकले बताएको छ । रिसाएका मानिसहरुले सर्पलाई पिटिपिटी मारि*दिएको बताइन्छ ।मिराका श्रीमान् थाइल्याण्डमा बस्छन् । मिराको एक वर्षकी छोरी पनि छिन् । जतिबेला यो घटना भयो तब उनी आफ्नी काकीसँग अर्को कोठामा सुति*रहेको स्रोतले बताएको छ ।

644 Post Views

प्रतिकृया दिनुहोस्