Thursday, September 19

‘रविलाई जेल कोच्नु पर्छ’ गायिका बिमाकुमारी दुरा (भिडियो हेर्नुस्)

काठमाडौं, २५ भदौ । लोक गायक भगवान भण्डारी यतिबेला नेपाल आएका छन् । लामो समय अमेरिकाको बसाई पछि उनी काठमाडौं पर्फिएका हुन् । उनी अझै आफ्नो छोराछोरीको पढाईका लागि केही वर्ष अमेरिकामै बस्ने बताएका छन् । तर अन्तिम गन्तब्य भने उनको आफ्नै देश फर्कने इच्छा रहेको बताएका छन् । उनले नेपाल फर्कन चाहने विदेशमा बस्ने नेपालीहरु पनि नेपालको बातावरण राम्रो नभएका कारण फर्कन नसकेको बताएका छन् । विदेशमा बस्ने थुप्रै नेपालीहरु आफ्नै देश फर्कन चाहेको उनको भनाई छ ।

उनी छोटो समयका लागि काठमाडौंमा आएको भएपनि यहाँ सामाजिक कामहरुमा सकृय भएका छन् । उनी अहिले श्रीमान बेपत्ता भएको र माइतीले पनि सहयोग नगरेकी एक महिला जसको नाम विन्दु विसी हो । उनको दुवै मृगौला फेल भएको छ । उनको उपचारमा सहयोग जुटाउन सकृय भएका छन् । सहयोगको लागि अपिल गर्न आग्रह गरिएको कार्यक्रममा अर्की लोक गायीका विमाकुमारी दुरा पनि सहभागी भएकी थिइन् । उनले पनि ति पीडित महिलाका लागि आर्थिक सहयोग गर्न आग्रह गरिन् । गायीका दुराले संसारमा सबैभन्दा सुखी नेपाल र भारतका नागरिक भएको बताइन् ।

उनले विदेशमा बस्ने नेपालीहरुले एक घण्टा काम गर्न नसक्दा साँझ चुलो बाल्न नपाउने भन्दै नेपालमा भने एक जनाको कमाईले पुरा परिवार पाल्न सकिने उल्लेख गरिन् । उनले भारतमा पनि त्यस्तै कल्चर भएको बताइन् । गायीका दुराले नेपालमा सरकार उदासिन भएको भन्दै निकै गुनासो गरिन् । विपत्तीमा परेकाहरुलाई आफुले सहयोग गर्न चाँहदा पनि नपाएको बताउँदै सरकारले आफु पनि नगर्ने र गर्न चाहनेलाई पनि वातावरण नबनाउने भन्दै गुनासो गरेकी छन् ।

मुलुकको यस्तो अवस्थाका कारण अहिले चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पनि गलत सावित भएको बताइन् । उनले भनिन्, रवि लामिछाने धरै गलत छ । कसरी भन्नु त उनले प्रतिप्रश्न गर्दै भनिन् देशमा कसले गलत काम गर्यो ? कसले कति खायो भन्दै सबैलाई झ्याप झ्याप समातिरहेको छ रवि लामिछानेले त्यसैले राज्यका लागि उ गलत छ । उनले रविको विषयमा अझै केही दिन नबोल्ने समेत बताइन् । उनले आफु कलाकार भन्दा पनि गाउँको एउटा चेली र यो मुलुकको नागरिक हो । म कलाकार हुँ भन्ने के प्रमाण छ उनले फेरी प्रतिप्रश्न गरिन् ।

486 Post Views

प्रतिकृया दिनुहोस्