Thursday, September 19

मुम्बईमा हात हालेर नेपाल फर्किए कृष्ण रुपा

काठमाडौं / हातखुट्टा गुमाएर कसैको सहारा बिना हिडडुल गर्न नसक्ने कृष्ण आफ्नै कृतिम खुट्टाले हिड्न सक्ने भएका छन् र यतिबेला मुम्बईमा हात हालेर कृष्णवली नेपाल फर्किएका छन् ।खासगरी रुपा र कृष्ण लगायत स-परिवार उपचारको शिलशिलामा मुम्बईमा पुगेका, उनीहरु बिगत साउन पहिलो साता देखि कृष्णका हात हाल्न मुम्बईमा रहेका थिए ।

उपचारका लागि अझै मुम्बईमा कति समय लाग्छ भन्ने बारे एकिन भएको छैन तर उपचारकै क्रममा रहेको उनीहरुले बताएका थिए । बेलाबखत मुम्बई उपचार बसाईका फोटाहरु आफ्नो सामाजिक संजाल मार्फत पस्किदै आएका कृष्ण रुपा भर्खरै मात्र नेपाल फर्किएका हुन् ।कृष्णको खुट्टा जोडिसकेको छ । रुपाको सहारा बिना हिड्न नसक्ने कृष्ण, यतिखेर आफ्नै जोडिएको खुट्टाले घुमिरहेका छन्

अब उनका दुवै हातहरु जोडिने छन् र एकदिन कृष्णका हातहरुले रूपालाई अँगालोमा हालेको दृश्य हेर्न देश बिदेशमा रहेका मनकारीहरु पर्खाइमा छन् । अमुल्य शरीर गुमाएका कृष्ण सपाङ्ग भएको त्यो दिनको पर्खाइमा शुभचिन्तकहरु कुरेर बसेका छन् ।शुभ चिन्तकहरुको यो मायाको सौगात प्रति हृदय देखि सम्झना गर्दै रुपा र कृष्णले धेरै धेरै धन्यबाद दिंदै आएका छन् ।

96 Post Views

प्रतिकृया दिनुहोस्