Thursday, September 19

एक हप्तादेखि ६ र ७ कक्षामा अध्ययनरत दुई बालिका बेपत्ता

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० का दुई जना बालिका एक हप्तादेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा माझकाँडाका १३ वर्षीया खिमा ओली र १३ वर्षीया नै प्रतिमा बटाला गएको एक हप्तादेखि बेपत्ता भएका हुन् । गएको भदौ १९ गते बेलुका घरबाट निस्किएको र त्यसपछि घर नफर्किएको खिमाका बुवा अम्बर ओलीले जानकारी दिएका छन ।

उनीहरु घरबाट बेलुका ७ बजेतिर निस्किएको अभिभावकले बताएका छन् । दुबै बालिका स्थानीय भगवती आधारभूत विद्यालयमा कक्षा ७ र ६ मा अध्ययनरत थिए । बालिकाहरुको खोजी गरिदिन भन्दै अभिभावकले बनगाड प्रहरी चौकी बालुवासँग्रहीमा भदौ २२ गते हुलियासहित निवेदन पेस गरेका छन् ।हराएका दुई जना बालिकाको खोजी कार्य भैरहेको बालुवासँग्रहीका प्रहरी इञ्चार्ज दिपक शाही ठकुरीले जानकारी दिए ।

3 Post Views

प्रतिकृया दिनुहोस्