Thursday, November 14

पुरानो भन्दा पुरानो वा जिद्धी दादलाई ३ दिनमै निर्मुल पार्ने यो चमत्कारिक घरेलु औषधी, जानीराखौँ

शरीरको विभिन्न भागमा जस्तै घाँटी, गर्दन, हात, पाखुरा वा अन्य भागमा आउने दाद एक जटिल समस्या हो। दाद जुनसुकै उमेर समूहका मानिसमा पनि देखिने समस्या हो। दादबाट छुटकारा पाउनको लागि जत्ति औषधी उपचार गरे पनि यो बारम्बार बल्झिरहने हुन्छ। दादको औषधी उपचार गर्न धेरै पैसाका साथ समय पनि खर्च हुन्छ तर यो पूर्ण रुपमा भने निको नहुने र बारबार बल्झिने समस्याले सताईरहेको हुन्छ ।आज हामी यस्तो अचुक घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ, जसले पुरानो भन्दा पुरानो वा जिद्धी दादलाई सधैँका लागि हटाउन मद्धत गर्दछ।

१. यसका लागि चाहिने सामग्रीस् तिते करेला, नरिवलको तेल र कपुर।.

२. बनाउने विधि : सुरुमा एउटा वा आधा तीते करेलालाई सानो सानो टुक्रामा काटी यसलाई पिसेर पेस्ट बनाउने।अब एउटा सफा कचौरामा एक चम्चा नरिवलको तेल र एक दाना कपुरलाई पाउडर बनाएर मिसाउने। कपुर (पूजा गर्न प्रयोग गरिने) नरम हुने भएकोले हातले नै पाउडर बनाउन सकिन्छ। यी दुई सामग्रीलाई राम्ररी मिसाईसकेपछी यसमा एक चम्चा तीतेकरेलाको पेस्ट राखेर मज्जाले मिसाउने। यो मिक्स्चर पेस्ट तयार भए पछी ।

३. लगाउने विधि : शरीरको जुन भागमा दाद छ, त्यो भागमा यो पेस्ट लगाएर रातभर यत्तिकै रहन दिनुहोस र बिहान उठेपछी यसलाई राम्ररी धुनुहोस्। यो उपचार विधि प्रयोग गरेको केहि दिनमै जस्तोसुकै पुरानो र जिद्धी दाद पनि हटेर जानेछ। यो १०० प्रतिशत प्राकृतिक र लाभदायी विधि हो।

सम्वन्धित समाचार

छालामा हुने गोलो दाद ‘रिङ वर्म’

काठमाडौं — शरीर को त्वचा (छाला) मा हुने दाद, खाज, खुजलीबाट सायद नै कोही व्यक्ति अपरिचित होला। जीवनमा एकपटक यो समस्या प्राय:जसो सबैले भोगेको हुनुपर्छ। जसलाई यो हुन्छ त्यो व्यक्ति ठाउँ न कुठाउँ केही हेर्दैन। लाज सर्म छोडेर कन्याउन थाल्छ । कन्याउँदा उसलाई बडा आनन्द आउँछ। कोही–कोही त यतिसम्म कन्याउनमा मस्त हुन्छन् कि रगत आउँदा पनि कन्याउन छोड्दैनन्।

यस्तो हुन्छ ऐग्जिमा। यो रोग हात, खुट्टा, टाउको, छाती, काखी, दाह्री, नङ, लिंग, जाँघ, पेटको तल्लो भाग र अन्डकोशमा धेरैजसो हुन्छ। चिकित्सकीय भाषामा आयुर्वेदमा यसलाई दद् र एलोप्याथी या होमियोप्याथीमा यसलाई रिङ वर्म अर्थात् गोलो आकारको दाद भनेर चिनिन्छ। दाद अंगुठीको आकारको जस्तो गोलो हुन्छ। जसमा खुजली भइरहन्छ । यो रोग एक किसिमको सरुवा रोग हो।

एकबाट अर्कामा फैलिने किसिमको रोग हो। यो रोग एक व्यक्तिबाट अर्कोमा तब फैलिन्छ। जब कोही व्यक्ति यस रोगबाट ग्रस्त व्यक्तिले प्रयोग गरेको चिज जस्तै तौलिया, माल, लुगाहरू वा क्रिम आदिको प्रयोग गर्दछ। दाद धातुगत (कन्स्टिच्युसनल) रोग हो जुन शरीरभित्र धातुदोषको कारण उत्पन्न हुन्छ। अत: यस रोगलाई ठीक गर्नका लागि बाहिरी प्रयोग गर्ने मल्हमको अपेक्षा आन्तरिक सेवन गर्ने औषधिको प्रयोग गर्नु अधिक लाभदायक हुन्छ। औषधिको सेवन गर्नाले दादका जीवाणुहरूले विकासका लागि उचित वातावरण पाउँदैनन्। जसले गर्दा जीवाणु स्वयं आफैं नष्ट भएर जान्छन् र रोग ठीक पनि हुन्छ।

कारण :–यो रोगको कारण विभिन्न प्रकारको फंगल इन्फेक्सनको संक्रमणको कारण ले गर्दा दाद (रिङ वर्म) हुन्छ। जसको संक्रमणको कारण यो शरीरको विभिन्न अंगमा सजिलैसित फैलिन्छ। दाद भएको व्यक्तिले प्रयोग गर्ने गरेको चिजहरूको उपयोग गर्नाले पनि यो रोग हुन्छ। यसैप्रकार घरमा पालेको पाल्तु जनावर जस्तै : कुकुर, बिरालोका माध्यमले पनि यो रोग सर्ने हुन्छ।

लक्षण :–छालामा दाद २५, ५०, पैसा या एक रुपैयाँको सिक्काको जस्तो गोलो आकारमा वरिपरि सानो –सानो बिमिराजस्तो देखिन्छ तर बीच भागमा सामान्य (सफा) त्वचा हुन्छ। तालु खुइलेको रोगजस्तो वरिपरिको रौं झर्छ, पुरानो बिमिरा हराएर नयाँ बिमिरा निस्कनु, दाद सानो रातो मकेको दाना जस्तोबाट सु भएर बिस्तारै–बिस्तारै ठूलो गोलो आकारमा परिणत हुन्छ। छाला मोटो हुनु, अत्यधिक चिलाउनु आदि। दाद (रिङ वर्म) का लक्षणहरू मुख्य रूपमा देखिन्छ।

के खाने–गहुँको पीठोको रोटी, भात, मुँगको दाल, दूध, खाने। तरकारीमा बेथु, मुला, लसुन, आलु, प्याज र हरियो सागसब्जी। फलफूलमा– अनार, कागती, गाँजर, मेवा, केरा खाने।

के नखाने–तेलमा तारेको, पिरो, मसालेदार खाना नखाने। दही, अमिलो, अम्लीय पदार्थ नखाने। यसैगरी मासु, माछा, सख्खर, तिल, रक्सी नखाने। खानामा नुनको प्रयोग कम गर्ने।

रोग निवारणमा सहायक उपाय के गर्ने :–

हात खुट्टाको नङ सफा राख्ने या काट्ने।रोगीले प्रयोग गरेको टोपी, माल, तौलिया, सिरानी, काइँयो, बेडसिट, टुथ ब्रस तथा लुगा अरूले नलगाउने।दाद भएको ठाउँलाई निमपत्तीले या मेडिकेटेड साबुनले सधैं सफा गर्ने।व्यक्तिगत सरसफाइमा ध्यान दिने र सफा सुग्घर कपडा लगाउने। छाला, नङ, औंलाको बीच तथा चेपचाप, हात, खुट्टा टाउकोको नियमित सफाइ गर्ने। सधैं नुहाउने।

के न गर्ने :–दादबाट पीडित अंगलाई नङले नकन्याउने। चिलाएको हातले शरीरको अन्य अंग नकन्याउने। दादपीडित अंगको सम्पर्कमा आएको कपडा सफा नगरीकन न लगाउने। सधैं नुहाउने अल्छी नगर्ने। नुहाउँदा साबुनको प्रयोग कम गर्ने।

घरेलु उपचार :–मेवाको दूध या मुलाको बिउलाई कागतीको रसमा पिसेर तातो बनाउने र बिहान–बेलुका दाद भएको ठाउँमा लगाउने। २ चम्चा निमको पातको झोल एक गिलास पानीमा राखेर बिहान र बेलुका सेवन गर्ने। नरिवलको तेल दाद भएको ठाउँमा लगाउने।

होमियोप्याथिक उपचार :–१) वेसिलिनम १००० शक्ति– १५ दिनको अन्तरालमा यस औषधिको प्रयोग २ महिनासम्म गर्नु लाभदायक मानिन्छ। यसको सेवनले रिङ वर्म ठीक भएको देखिएको छ।२) सल्फर २०० शक्ति– यदि दादको साथै रोगीमा पेटको गडबडी अमिलो डकार आउनु, वाकवाक लाग्नु, खान चि नहुनु, टाउको गर्म र खुट्टा तातो छ भने रोगीले यस औषधिको सेवन गर्दा फाइदा हुन्छ।

३) सिपिया– रिङ वर्मका लागि यो औषधि बडो उपयोगी साबित भएको छ। २०० शक्तिको सातामा एकपल्ट सेवन गर्दा लाभदायक हुन्छ । यसको रोगीलाई जाडो बढी लाग्ने हुन्छ।४) कलकेरियाकार्बस २०० शक्ति हातखुट्टामा बढी मात्रामा पसिना आउँछ। शरीर मोटोघाटो छ । हेर्दा भीमकाय देखिन्छ तर शरीरमा तागत छैन। मासुको थुप्रो मात्रै छ। यस्ता व्यक्तिका लागि यो औषधि रामवाणको काम गर्छ। ५–७ दिन बिहान–बेलुकी सेवन गर्नाले फाइदा गर्दछ। यसको प्रयोगले दादका किटाणुहरू हुर्किन पाउँदैनन् र समाप्त भएर जान्छन्।

५) टेल्लयुरियम– २०० शक्ति शरीरको कुनै भागमा दादको लक्षण देखिएमा यो औषधिको प्रयोग उपयोगी हुन्छ। हातको बुढीऔंलाको आकारको दाद, हजामको उस्तराले उत्पन्न दाद, खुजली, खुट्टामा गन्हाउने पसिना आउनु, कानको पछाडि या टाउको पछाडिको एग्जिमा, गोलाकार एग्जिमा, या दाद (रिङ वर्म) आदि यस प्रकारका त्वचाको रोगमा टेल्लयुरियम नामक होमियोप्याथिक औषधिको प्रयोग अत्यन्त लाभदायक हुन्छ। उपरोक्त औषधिहरूको आफ्नो कुनै नजिकको योग्य तथा अनुभवी चिकित्सकको सल्लाह लिई प्रयोग गरेमा उपयोगी हुनेछ।प्याजले महिनावारी पीडा कमको साथै हटाउँछ अनुहारको दाग, हेर्नुहोस् यस्तो सजिलो विधि

3,616 Post Views

प्रतिकृया दिनुहोस्