Tuesday, November 19

प्रेमिकाले विवाह गर्न नमानेपछि, विवाह गर्न ल्याएको ५ लाख पैसामा प्रेमीले लगाइदिए आगो

भारतकाे मभध्यप्रदेशकाे सीहाेरमा एक अचम्मकाे घटना बाहिरिएकाे छ । सुन्दा अचम्म लाग्न सक्छ प्रेमकाे मामलामा प्रेमी प्रेमीका के केसम्म गर्न् सक्छन् भन्ने तथ्य याे घटनाले पुष्टी गरेकाे छ । वर्षाैँकाे मायाप्रेम छुट्याे भने अन्तिममा अाएर प्रेमी वा प्रेमिका कसैले विवाह अस्वीकार गर्याे भने त्यसबेलाकाे समय कस्ताे हाेला । नेपाली समाजमा एउटा चल्तीकाे टुक्का छ नी रिषमा कसले बेद पढ्छ र हाे सीहाेरमा पनि एक युवकले प्रेमीकाकाे रिषमा ५ लाखमा रूपँमा पैसामा अागाे लगाइदिएका छन् । एक निजि फाइनान्स कम्पनीमा कैशियरकाे काम गर्ने ती युवकले अाफ्नी प्रेमिका रिझाउन ६ लाख ७४ हजार भ्रष्टचार गरे । तर जब प्रमिकाले उसँग विवाह गर्न इन्कार गरिन तब ती युवकले ५ लाख रूपैँयमा अागाे लगाइदिएकाे बिभिन्न भारतीय सञ्चारमाोयमहरूले समाचारमा उल्लेख गरेका छन् । याे सनसनीपूर्ण घटनामा प्रहरीले जलेकाे ५ लाख सहित युवककाे साथबाट ४६ हजार र लकरबाट १ लाख २८ हजार बरामद गरेकाे छ ।

नसरूल्लागंज प्रहरीले दिएकाे जानकारी अनुसार तहसील मुख्यालयस्थित स्पन्दना स्फूर्ति फाइनान्स कम्पनीमा प्राइवेट फाइनान्स गरिन्छ । भ्रष्टचारकाे अाराेपमा पक्राउ परेका युवकले उक्त कम्पनीमा कैशियरकाे काम गर्दै अाएका थिए । ती युवककाे नाम जितेन्द्र सिंह भएकाे बताइएकाे छ । उनी चाैकडी तहसील खिरकिया जिल्ला हरदाका हुन् । जानकारी अनुसार कैशियरका साथमै दफ्तरकाे चाबी पनि राखिएकाे थियाे । राति राजेन्द्रले कम्पनीकाे तिजाेरीबाट ६ लाख ७४ हजार रूपैँया निकालेर फरार भएकाे स्थानीय प्रहरीले अधिकारीले बताएकाे समाचारमा उल्लेख छ ।

कैशियर गायब भएपछि कम्पनीका म्यानेजरले नसरूल्लाहगंज प्रहरीमा उजुरी दिएका थिए । साेही उजुरीका अाधारमा प्रहरीले जितेन्द्रका बिरूद्ध ६ लाख ७४ हजार राशीकाे भ्रष्टचार गरेकाे अाराेपमा अनुसन्धान थालेकाे थियाे । सूचनाका अाधारमा प्रहरीकाे एक टाेली कन्नाैदकाे बेरावल गाउँमा पुगेकाे थियाे । जहाँबाट कैशियर जितेन्द्रलार्इ गिरफ्तार गरी साेधपुछ गरेपछि घटना बाहिरिएकाे हाे ।

प्रहरी बयानमा उनले बताए अनुसार भ्रष्टचार गरेकाे उक्त रकम प्रेमिकालार्इ देखाउन गाउँबेरावल गएका थिए । यसकापछाडि उनकाे उदेश्य थियाे प्रेमिका उसँग विवाह गर्न तयार हाेस् । तर दुर्भाग्य प्रेमिकाकाे विवाह अन्तै तय भइसकेकाेले इन्कार गरिदिइन् । प्रेमिकाले इन्कार गरेपछि निराश भएका कैशियर जितेन्द्रले अाफूसँग भएकाे ५ लाख रूपैयामा अागाे लगाइदिए । प्रहरीले उनकाे साथबाट ४६ हजार नगद पनि बरामद गरेकाे छ । प्रहरीले अाधा जलेकाे नाेट पनि जफत गरेकाे छ ।

29 Post Views

प्रतिकृया दिनुहोस्