Wednesday, December 11

आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले बालकलाई बनायो बेपत्ता, राति १० बजे घरभन्दा ५०० मिटर टाढा यस्तो अवस्थामा भेटियो श’व

चितुवाको आ क्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्या’न गएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आ क्रमणबाट ज्या न गएको हो । शुक्रबार बेलुका ७ः३० बजेतिर घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले बालकलाई आ क्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । चितुवाले आ क्रमण गरी बे पत्ता बनाइएका बालकको श व राति १० बजेतिर घरभन्दा ५०० मिटर टाढा दक्षिणतिरको जङ्गलमा फेला परेको उहाँले बताउनुभयो । बालको श व परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिने भएको प्रहरीले जनाएको छ ।

यसैबीच चितुवाको आ क्रमणबाट बालकको ज्या न गएपछि त्यस क्षेत्रका वासिन्दा त्रसित बनेका स्थानीय वीरेन्द्र महताले जानकारी दिनुभयो । स्थानीयवासी त्रसित बनेपछि थप सुरक्षा परिचालन गर्ने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । बैतडीको तल्लोस्वराडमा चितुवाको आ क्रमणबाट विसं २०६८ यता २४ जनाको ज्या न गइसकेको छ ।

38 Post Views

प्रतिकृया दिनुहोस्