Monday, October 21

प्रहरीले सन्तोष लाइ गोली हाने

इर्फान अलि
विरगञ्ज । नियमित चेकजाँच गर्ने स्थानमा प्रहरीलाई नै हतियार देखाएर भाग्दै गरेका एकजनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।विरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित साल्ट ट्रेडिङ अगाडी प्रहरीले गोली हानेर भाग्दै गरेका सन्तोष दासलाइ पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले गएराति नियन्त्रणमा लिन सफल भएको हो ।

दासको साथबाट साथबाट १७ राउन्ड गोली सहित एक थान हतियार बरामद भएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राथोडले जानकारी दिए । पक्राउ परेका दास बिरगंज महानगरपालिका वडा नम्बर १६ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।थप अनुसन्धान गरेर दासलाई अवाश्यक कारवाहीको दायरामा ल्याइने प्रहरीले बताएको छ । घाइते दासको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक राथोडले जानकारी दिएका छन् ।दास विगतका समयमा पनि अपराधिक गतिविधिमा संलग्न रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

17 Post Views

प्रतिकृया दिनुहोस्