Thursday, September 19

भरतपुर पुगेका प्रचण्डलाई छोरी रेणुले यसरी गरिन् स्वागत !

भदौ १८, काठमाडौँ /सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार भरतपुर पुगेका छन्। भरतपुर विमानस्थल विस्तार एवम् सुधार सम्बन्धमा भरतपुर महानगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन प्रचण्ड पुगेका हुन्।

बुधबार बिहान विमान मार्फत भरतपुर पुगेका प्रचण्डलाई स्वगात गर्न भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल भरतपुर विमानस्थलमै पुगेकी थिइन्। महानगरपालिका प्रमुख रेणु दाहालको अलावा स्थानीय र जिल्ला स्थारिया नेता तथा कार्यकर्ता समेत प्रचण्डलाई स्वागत गर्न भरतपुर विमानस्थल पुगेका थिए।

316 Post Views

प्रतिकृया दिनुहोस्