Wednesday, December 11

रानू मण्डलको चर्चाबारे लता मंगेशकर यसो भन्छिन्

एजेन्सी : लता मंगेशकर भारतमा मात्रै नभई नेपालमा पनि अत्यधिक चर्चित छिन् । गायनमा रुची हुने महिला लता मंगेशकरले झैं कोकिल स्वरमा गीत गाउन लालायित हुन्छन् । तर सबैजना लता मंगेशकर हुन कहाँ सक्छन् र? केही समय देखि सोसल मिडियामा रानू मण्डलको अत्यधिक चर्चा छ ।रानूले लताको स्वर रहेको गीत‘एक प्यारका नगमा हे’ गाएको भिडियो सोसल मिडियामा सार्वजनिक भएपछि रातारात सेन्सेसन बनेकी थिइन। उनको श्वरमा हिमेश रेशमियाले गीत समेत रेकर्ड गराए। उनको यस्तो कदमको अत्यधिक प्रशंसा गरियो।

यससँगै फैलिए अफवाह पनि । सलमान खानले उनलाई ५५ लाखको फ्ल्याट उपहारस्वरुप र दबंगथ्रीमा गाउने मौका दिएको भन्ने खबर आयो ।सलमानले त्यस्तो केही पनि नगरिएको स्पष्टिकरण नै दिए । जब हिन्दुस्तान टाइम्सले लतासँग रानू मण्डलको चर्चा बारे कुराकानी गर्‍यो तब उनी खुसी नै भइन् तर केही शर्तमा। ‘यदि मेरो नाम र कामले कसैलाई राम्रो भइरहेको छ भने म आफूले आफैंलाई निकै भाग्यमानी ठान्छु ।’ केही हप्ताअघि मात्रै उनको एउटा भिडियो अनलाइनमा भा*इरल भएको थियो

32 Post Views

प्रतिकृया दिनुहोस्