Monday, October 21

रवि लामिछानेलाई सम्झेरै इशाले मनाइन् तीज

काठमाडौं । रातो साडी, हरियो पोते अनि घाँटीमा झपक्क छोपिने हार । निधारमा तारा आकारको रातो टीका । लाली ओठमा लाल रंगले सझिएर मुस्कुराउँदा पनि उनीभित्रको पीडा कता कता झल्कन्थ्यो । मुस्कुराउँदै खिचेको तस्बिर फेसबुकमा राखेर उनले तीजको शुभकामना दिएकी छिन् ।चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेकी पूर्व पत्नी इशाले सधैं झैं यसवर्ष पनि पूर्व पतिलाई सम्झदै तीज मनाएकी छिन् । अमेरिका बसेर पनि उनले तीज मनाइन् । तीजको दर खाइन् अनि नेपाली महिलाको तीजको पहिरन लगाएर मनाइन् ।

यसपाली उनको नेपाल आउने तयारी छ । उनले भनिन् , ‘म दशैं अगाडि नेपाल आउँछु ।’ नेपाल आउनुमा दशैं देशमै मनाउने इच्छा रहेको बताइन् । दुई छोरीको पालनपोषण गर्दै आएकी उनी रविलाई भुल्न सकिरहेकी छैनन् । २५ वर्ष लामो दाम्पत्य जीवन गत वर्ष मात्र पूर्णविराम लागेको थियो । यस घटनाले उनमा निकै गहिरो चोट परेको छ ।इशाका पूर्व पति रवि लामिछाने गत हप्तामात्र हिरासतबाट छुटेका थिए । शालिग्राम पुडासैनीको आत्महत्यामा दुरुत्साहनको मुद्दा खेपेका उनलाई अदालतले धरौटीमा रिहा गरेको थियो । रविको पक्राउबाट इशाले दुःख व्यक्त गरेकी थिइन् ।तस्बिरः सामाजिक सञ्जाल

51 Post Views

प्रतिकृया दिनुहोस्