Thursday, September 19

शालिकरामले बनाएकोओर्जिनल भिडियो बच्चा नभएको पिडा पनि पोखेका रहेछ्न – हेर्नुस भिडियो

काठमाडौं । रवी लामिछानेविरुद्ध पत्रकार सालिकराम पुडाशैनीकी श्रीमती सम्झना घिमिरेले महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएकी छिन् । गएको साउन २० गते चितवन बसपार्कस्थित होटल कंगारुमा पत्रकार शालिकराम झु ण्डिएको अवस्थामा मृत फेला परेका थिए । पुडासैनीले म र्नुअघि आफुलाई आत्मह त्या गर्न दुरुत्साहन गरेको भन्दै भन्दै चर्चित संचारकर्मी रवी लामिछाने, युवराज कडेल र अस्मिता कार्कीको नाम लिएर भिडियो रेकर्ड गरेका थिए ।

सो भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानका लागि तिनै जनालाई नियन्त्रणमा लिएको थियो लामिछानेसहित तीन जनाविरुद्ध पीडित परिवारले आइतवार महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएका छन् । मृतककी श्रीमती सम्झनाले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् ।

किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले ह त्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अ पराध संहिताको दुरुत्साहनअन्तर्गत कार बाही गर्न माग गरेकी छन् । पुडाशैनीको १३ दिनको काजक्रिया शनिवार सकिएपछि उनी आइतवार जाहेरी दिन प्रहरी कार्यालय पुगेकी हुन् ।

233 Post Views

प्रतिकृया दिनुहोस्