Tuesday, November 19

रबि १८ दिन भित्रमा धरौटीमा रिहा, सिधाकुरा जनतासंग कार्यक्रम ३ महिना सम्म बन्द !

काठमाडौं। ज्योतीष अर्जुन क्षेत्रीले रवि लामिछाने र उनका समर्थकलाई नआत्तिन आग्रह गर्दै फेसबुकमा स्टाटस राखेका छन् । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुछिएका रवि लामिछानेलाई अनुसन्धानका चल्दै गर्दा क्षेत्रीले फेसबुकमा स्टाटस लेखेका हुन् ।

उक्त स्टाटसमा क्षेत्रीले अबको १० देखि १८ दिन भित्र लामिछाने धरौटीमा रिहा हुने बताएका छन् । केतु र राहु दृस्ठिले गर्दा २-३ महिना सम्म लामिछानेको टेलिभिजन कार्यक्रम बन्द रहने क्षेत्रीले स्टाटसमा उल्लेख गरेको छन् । मंगल निच र चन्द्र प्रबल रहेको बताउदै आन्दोलनका क्रममा २-३ जनाको निधन हुने क्षेत्रीले भबिष्यबाणी गरेका छन् ।उनले लेखेका छन्आत्तिनु पर्दैन घाइते सङ्ख्या पनि थोरै रहन्छ यो लफडा ७ महिना पछि सकिन्छ ।

शिरमा रहेको सुर्य र पृतीको कृपाले रविको जित पक्का हुने बताउदै मगल शनि र केतुले अझै ३८ दिन कष्ट पाँउने र विरोध भत्सर्ना र चर्चा धेरै हुने क्षेत्रीले स्टाटसमा लेखेका छन् ।यसका साथै चन्द्रमाको दृस्ठि सुर्यको प्रभाबबाट रविले नेपाली र अन्तर्राष्टिय जगतमा चर्चा कमाउने क्षेत्रीले स्टाटसमा लेखेका छन् । रविबाटै नेपालमा एउटा इतिहास रचिने र नेपालि राजनीतिमा पनि ठूलो आमूल परिवर्तन र सकारात्मक झडका लाग्ने क्षेत्रीले दाबी गरेका छन् ।

108 Post Views

प्रतिकृया दिनुहोस्