Thursday, September 19

कसले किन्यो ‘अटो सो’मा राखिएको ७४ लाखको बाइक ?

नाडा अटो सो’मा राखिएको सबैभन्दा महँगो बाइक बिक्री भएको छ । एमभी अगस्टाको लागि नेपालमा आधिकारीक वितरक भेलोसिटी प्राइभेट लिमिटेडले ‘नाडा अटो सो २०१९’मा सार्वजनिक गरेको ७३ लाख ९० हजार रुपैयाँ रहेको बाइक बिक्री भएको हो ।

भदौ १० गतेदेखि भृकुटीमन्डपमा चलिरहेको ‘अटो सोे ’मा रहेको सबैभन्दा महंगो बाइक रुपमा रहेको ब्रुटाले ८०० आर–आर एलएच ४४ को बाइक बिक्रीका लागि बुकिङ भएको हो

कम्पनीका अनुसार बाइक किन्ने काठमाडौंकै भएको बताइएको छ । तर नाम उल्लेख भने गरिएको छैन । बाइक बुकिङ गर्ने मान्छेले २० प्रतिशत रकम कम्पनीलाई बुझाइसेकेका छन् । यसै हप्ता कम्पनीले उक्त बाइक ती व्यक्तिलाई दिँदै छ ।

कम्पनीले अटो सोमा सार्वजनिक गरेको यो बाइक संसारभर मात्रै १ सय ४४ युनिटमात्र उत्पादन गरिएको छ । यो मोटरसाइकल दक्षिण एसियामा नै एक युनिट मात्रै आएको थियो । सोही बाइक ‘अटो सो’मा राखिएको थियो ।

फर्मुला १ च्याम्पीयन लेविस ह्यामील्टनसँगको सहकार्यमा निर्माण भएको यो मोटसाइकलमा युरो फोर इनलाइन थ्रि सिलिन्डर इन्जिन लगाइएको छ । अन्य मोडलको तुलनामा प्राविधिक रुपान्तरणसहित ल्याइएको यस मोडलमा उपलब्ध इन्जिनले १४० हर्ष पावर उत्पादन गर्छ भने प्रतिघन्टा २४४ किलोमिटर प्रतिघन्टाको टप स्पीडमा कुद्न सक्ने क्षमता छ । यो बाइक ब्ल्याक, रेड र ह्वाइट पेन्ट सेममा उपलब्ध हुनेछ । कार्बन फाइबर कम्पोनेन्ट दिइएको छ भने, क्रेमिक बेस कोटिंग गरिएको छ ।

यसमा उपलब्ध ब्रेक, क्लच लिभर, फ्लुड रिजर्भर क्याप, लाइटवेट अलोय बिलेट कार्बन फाइबरबाट बनेको कम्पनीले जनाएको छ । यसै कम्पनीका ५२ लाखदेखि ६० लाखसम्म मूल्य पर्ने २२ वटा बाइक नेपालको सडकमा गुडिरहेको कम्पनीले जनाएको छ ।

41 Post Views

प्रतिकृया दिनुहोस्