Thursday, September 19

बार्सिलोना तथा स्पेनका पूर्व प्रशिक्षक इन्ड्रिककी ९ वर्षीया छोरीको निधन

एजेन्सी । स्पेन तथा बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इन्ड्रिककी छोरीको निधन भएको छ । उनकी छोरी सानाको ९ वर्षको उमेरमा निधन भएको हो । उनको हड्डीको क्यान्सरका कारण निधन भएको हो । इन्ड्रिकले छोरीको स्याहारमा खटिएका अस्पतालका सबै सदस्यलाई धन्यबाद दिएका छन् । साना पछिल्लो पाँच महिनादेखि क्यान्सरसँग जुधिरहेकी थिइन् ।

गएको जुनमा इन्ड्रिकले स्पेनको राष्ट्रिय टिमको प्रशिक्षकबाट राजीनामा दिएका छन् । छोरीलाई क्यान्सर रहेको थाहा भएपछि उनीसँग समय बिताउनका लागि इन्ड्रिकले नियुक्त भएको एक वर्ष पनि निबित्दै राजीनामा दिएका थिए । उनले छोरी सानाको सम्झनामा भनेका छन्, ‘तिमी तारा बन्ने छौ र हाम्रो परिवारलाई गाइड गर्ने छौँ ।’

उनले अघि भनेका छन्, ‘हामी तिम्रो अभाव खड्किने छ, तर हामी जीवनको रहेक क्षण तिमीलाई सम्झिरहने छौँ । भविष्यमा पुनः भेट हुनेछ भन्ने आश छ ।’ स्पेनको फुटबल फेडेरेशनले सानाको निधनमा समवेदना व्यक्त गरेको छ।

इन्ड्रिकले आफ्नो प्रशिक्षणमा बार्सिलोनालाई दुई पटक ला लिगा तथा सन् २०१५ मा च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । उनी बार्सिलोनाका पूर्व खेलाडी पनि हुन्, जसले बार्सिलोनाबाट खेलाडीका रुपमा ३०१ खेल खेलेका थिए । बार्सिलोनाले सानाको निधनमा गहिरो दुःख व्यक्त गरेको छ ।सानालाई बार्सिलोनाका लियोनल मेस्सी, स्पेनका प्रधानमन्त्री, टेनिस खेलाडी राफायल नाडालसहितले श्रद्धाञ्जली व्यक्त गरेका छन् । यस्तै रियल मड्रिड, इटालियन क्लब रोमासहितले पनि समवेदना व्यक्त गरेका छन् । सानाको बिहीबार निधन भएको हो ।

6 Post Views

प्रतिकृया दिनुहोस्