गलबन्दी विवादमा जातिय विभेदको कुरा उठेपछि प्रकाश सपुत आए मिडियामा, दिए यस्तो प्रतिक्रिया (भिडियो सहित)

243

गीतकार तथा गायक प्रकाश सपुतको गलबन्दी गीत जति चर्चित भयो उत्तिकै विवादित पनि । उनको गलबन्दी वरिष्ठ गितकार शम्भु राईको देउसी गितसंग मेल खाएको भन्दै विवादित भएपछि उनले त्यसको जवाफ पनि दिइसकेका छन् । तर पनि प्रकाशलाई भेट्न चाहने र कुरा गर्न चाहनेहरुलाई रेस्पोन्स नगरेको भन्ने गुनासो आइरहेको बेला प्रकाशले आफु कतै नभागेको बताएका छन् ।

कामको ब्यवस्तताका कारण आफुले फोन उठाउन नपाएको स्पष्टिकरण दिँदै उनले भनेका छन्, मलाई अहिले पनि कामको फोन र शोका लागि आउने फोनहरु नै धेरै छ । त्यसैले मिडियावाट आउने फोन त्यती रेस्पोन्स गर्न पाएको छैन । अहिले म सामाजिक सञ्जालवाट अलि टाढा भएको छु । उनले कामका लागि मात्र फोन अफ गर्ने गरेको बताए ।

तर यसलाई आफु विवादका कारण भागेको भन्ने अर्थ नलगाउन आग्रह गरेका छन् । अहिले उनी तिजको गितका लागि पनि ब्यस्त हुन थालेको बताएका छन् । गलबन्दीमा आएको विवादले आफु बिचलित नभएको उनको भनाई छ ।

यस गीतलाई जातिय विभेदसँग नजोड्न आग्रह गर्दै उनि फेरी मिडियामा आएका छन् । उनीसँग एक मिडियाले गरेको कुराकानी

Comments are closed, but trackbacks and pingbacks are open.