३ इडियट्सका यी लोकप्रिय जोडी ‘लाल सिंह चड्ढा’ मार्फत पुनः सँगै देखिंदै

63

फिल्म ‘लाल सिंह चड्ढा’मार्फत आमिर खान र करिना कपुरखान एकसाथ् देखिने भएका छन् । बलिउडका पर्फेक्सनिष्ट अभिनेताको रुपमा चिनिने आमिर खानले ठूलो पर्दामा फरक धारका र मनोरन्जनात्मक कहानी लिएर आउने गर्छन् ।


ट्रेड एनालिष्ट तरण आदर्शले ट्वीट गर्दै आमिरको ‘लाल सिंह चड्ढा’मा करिना कपुर फाइनल भएकी जानकारी दिएका छन् ।

‘लाल सिंह चड्ढा’लाई अतुल कुलकर्णीले लेखेका हुन् । यो फिल्म २०२० को क्रिसमसमा रिलिज हुनेछ । जानकारी अनुसार यो फिल्ममा गल्ली ब्वाय अभिनेता विवेक गर्ग पनि मुख्य भूमिकामा हुनेछन् । फिल्मको सुटिङ चाँडै हुने बताइएको छ ।

आमिर खान र करिना कपुरले यो भन्दा पहिल्यै ‘३ इडिएट्स’ र ‘तलास’मा सँगै काम गरिसकेका छन् । जहाँ उनीहरुको जोडीलाई खुब रुचाइएको थियो ।

Comments are closed, but trackbacks and pingbacks are open.