सन्दीप र सोमपालले क्यानडाको ग्लोबल लिग खेल्ने : सन्दिपलाई ६० हजार अमेरिकी डलर दिंदा सोम्पाललाई ३ हजार अमेरिकी डलर मात्रै !

94

काठमाडौं, ६ असार । नेपाली राष्ट्रिय टोलीका दुई बलर क्यानाडाको ग्लोबल टि–ट्वान्टी क्रिकेट लिग खेल्ने भएका छन् ।

राष्ट्रिय टोलीका दुई बलर सन्दीप लामिछाने र सोमपाल कामीले क्यानाडाको ग्लोबल टि–ट्वान्टी क्रिकेट लिग खेल्ने भएका हुन् ।

बिहीबार भएको ड्राफ्टबाट लेग स्पीनर सन्दीप र तीब्र गतिका बलर सोमपाललाई ग्लोबल टि–ट्वान्टी लिग क्लबले खरिद गरेका छन् ।

ड्राफ्टबाट सन्दीपलाई टोरन्टो नेसनल्सले १० औं चरणमा खरिद गरेको हो । सन्दीपले ६० हजार अमेरिकी डलर पाउने छन् ।

योसंगै सन्दीपले लगातार दोस्रो सिजन यो लिग खेल्ने भएका छन् । गत सिजन उनले मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए ।

सन्दीपको टिमको मार्की प्लेयर भारतीय स्टार युवराज सिंह रहेका छन् ।

यस्तै सोमपालले विनिपेग हक्सबाट खेल्नेछन् । सोमपाललाई ३ हजार अमेरिकी डलरमा हक्सले अनुबन्ध गरेको हो । सोमपाल ११ औं चरणमा छनोट भएका हुन् ।

Comments are closed, but trackbacks and pingbacks are open.