एका बिहानै ९ वटा सिलिन्डर विस्फोट

206

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा एका बिहानै ९ वटा सिलिन्डर विस्फोट भएको छ।जनकपुरधाम उपमहानगरपालिका २ कदम चोकमा रहेको गोविन्द मिष्ठान भण्डारमा मानिसहरु मस्त निन्द्रामा रहेका बेला क्रमिक रुपमा ९ वटा ग्यास सिलिन्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उक्त सिलिण्डर विस्फोटबाट गोविन्द मिष्ठान भण्डार र अन्य २ होटल जलेर पूर्ण रुपमा नष्ट भएका छन् । सिलिन्टर विस्फोटसँगै घरमा आगलागी भएको थियो ।अहिले विस्फोटस्थलमा घटनाको क्षतिबारे र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। From dcnepal

Comments are closed, but trackbacks and pingbacks are open.