कस्तो अचम्म : जुन रुखमा फल्छ ४० प्रकारका फलफूल

126

काठमाडौं । के तपाईँले आरुको बोटमा चेरी फलेका देख्नुभएको छ ? सायद छैन होला ? तर अमेरिकाको एउटै रुखमा आरु र चेरी मात्र होइन ४० प्रकारका विभिन्न फल फल्ने गरेको छ ।

अमेरिकाका एक भिजुअल आटर््सका प्राध्यापकले यो अद्भूत रुख तयार पारेका हुन् जसमा ४० प्रकारका फल फल्दछन् । ४० प्रकारका फल फल्ने यो रुखको नाम ट्रि अफ फोर्टी फ्रुट्स हो । यो रुखमा एप्रिकोट, चेरी, आरु, बखडालगायतका फल फल्दछन् ।

विभिन्न फल फल्ने यो रुखको मूल्य ३० हजार डलर अर्थात् करिव ३० लाख रुपैयाँ पर्दछ । सेराक्युज विश्वविद्यालयका भिजुअल आटर््सका प्राध्यापक स्याम वान ऐकेन यस अनौठो रुखका सर्जक हुन् ।

उनले विज्ञानको सहारा लिई सन् २००८ मा यस कामको थालनी गरेका थिए । किसान परिवारमै जन्मिएका प्राध्यापक वानले न्युयोर्कको एउटा बन्द हुन लागेको कृषि बगैँचालाई भाडामा लिएर त्यहीँ ग्राफ्टिङ विधिको माध्यमबाट ट्रि अफ फोर्टी जस्तो अद्भुत रुख सिर्जना गर्न सफल भएका थिए ।

Comments are closed, but trackbacks and pingbacks are open.