शक्तिशाली भूकम्प जादा ,११ जनाको ज्यान गयो !

151

चीन, ३ असार – चीनको सिचुआन प्रान्तमा शक्तिशाली भूकम्प जाँदा ११ जनाको ज्यान गएको छ । सोमबार राति गएको उत्तः शक्तशाली भूकम्पका कारण धेरै मानिस घरबारबिहीन भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । राति ११ः५५ मा गएको ६ म्याग्नीच्यूडको भूकम्पका कारण १२२ जना घाइते भएका छन् ।

यिबिनका जनताले भूकम्प गएको आधी घन्टापछि परकम्पन आएको बताए । ‘म घरमा आराम गरी बसिरहेको बेलामा भूकम्प गएको थियो,’ चेन होङशियाले बताइन् । उनी चाङनिङ काउन्टीमा रहेको एक आवासीय भवनको १६औं तल्लामा बस्छन् । ‘झुण्डिएको बत्ती र फर्निचर बेस्सरी हल्लिए । मेरो परिवार पहिला त शौचालयमा लुक्यो अनि पछि बाहिरतिर दौडियो ।’ उनले धेरै छिमेकीहरू पनि भुइँतल्लातिर दौडिएको बताइन् ।

प्रान्तीय राजधानी छङ्दुमा भूकम्प आउनुभन्दा एक मिनेटअघि चेतावनी जारी गरिएको थियो । चेतावनीको काउन्टडाउन सकिनेबित्तिकै भूकम्पको झड्का अनुभव गरिएको थियो ।

Comments are closed, but trackbacks and pingbacks are open.