हिँडडुल गर्न नसक्ने आफ्नै आमालाई यस्तो गरे पछी

516

काठमाडौं । आमा शब्दमा जति ममता हुन्छ त्यो भन्दा सम्मानको अर्को कुनै शब्द हुँदैन । भारतको राजकोटस्थित एक अपार्टमेन्टको चौथो तल्लाबाट छोराले आमालाई धकेलेर हत्या गरेको छन् । इन्डिया टुडेको अनुसार राजकोटस्थित दर्शना अपार्टमेन्टको चौथो तल्लाबाट छोराले ६५ वर्षीया आमालाई धकेलेको हत्या गरेका हुन् ।

इन्डिया टुडे टेलिभिजनले सार्वजनिक गरेको भिडियोमा सन्दिप नाम गरेका ती युवकले आमालाई आफु बस्दै आएको अपार्टमेन्टबाट बाहिर निकालेर लिफ्टसम्म लगेको प्रष्टरुपमा देखिन्छ । सन्दिपले छतमा जाँदा आमालाईसँगै लिएर जान्छन् र केहिबेर पछि एक्लै फर्किन्छन् ।

उनी कोठामा पुगेको केही बेरमै एक युवक उनको अपार्टमेन्टमा आएर आमाले छतबाट खसेर आत्मा हत्या गरेको कुरा सुनाउँछन् । उनले नाटक गरेर आमा खसेको ठाउँमा जान्छन् ।

सुरुमा राजकोट प्रहरीले पनि आत्महत्या गरेको पुष्टि गर्‍यो । तर, पछि राजकोट प्रहरीले अनुसन्धानका क्रममा ती ६४ वर्षीया महिलाको हत्या भएको बताए । भारतीय प्रहरी अनुसार महिलालाई हिँडडुल गर्न अरूको सहारा चाहिने रहेछ।

महिलाको हत्या भएको दिनको फुटेज हेर्दा उनले आत्महत्या नभई छोराले छतबाट खसालेको प्रहरीले जानकारी दिए । आमाको हत्याको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको राजकोट प्रहरीले जनाएको छ

यो पनि पढ्नु होस:-काठमान्डौ , नारायणी नदीमा पानीजहाज सन्चालनको सम्भाव्यतासम्बन्धी पहिलो चरणको अध्ययन सुरु भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले मंगलबारबाट पहिलो चरणको अध्ययन सुरु गरेको हो ।चितवनको दासढुंगादेखि नेपाल–भारत सिमानामा पर्ने गण्डक ब्यारेजसम्म करिब ९० किलोमिटर क्षेत्रमा नारायणी नदीको गहिराइ नाप्ने काम भइरहेको हो । आवश्यक तथ्यांक संकलन गरिसकेपछि प्रारम्भिक अध्ययन गर्ने र त्यसको आधारमा अर्को वर्ष विस्तृत अध्ययनको काम अघि बढाउने योजना रहेको जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव ऋषिराम शर्माले जानकारी दिए ।

नाप जाँचको सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । दुई दिनको अवधिमा १५ किलोमिटर क्षेत्रमा प्रारम्भिक अध्ययन सकिइसकेको छ । अहिलेसम्म कममा ३ देखि बढीमा १२ मिटरसम्म गहिरो स्थान फेला परेको अध्ययन टोलीले जनाए को छ ।‘सबै अध्ययन सकिइसकेपछि कुन प्रकारको जहाज चलाउने भन्ने टुंगो लाग्ने छ । ठूलो जहाज चलाउने नै भए ड्याम बाध्नुपर्ने पनि हुनसक्छ,’ अध्ययन टोलीमा संलग्न परामर्शदाता इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालिका प्रवन्ध निर्देशक अनुप खनालले भने, ‘यद्यपि अहिलेको हाम्रो प्रारम्भिक अध्ययन गहिराइ नाप्ने मात्र हो ।’

नारायणी नदीको गहिराइ नाप्न डीजीपीएस प्रणालीमा चल्ने इको साउन्डर र मोटरबोट जस्ता आधुनिक उपकरणको प्रयोग गरिएको छ ।यो मेसिन यसअघि भेरी बबई बहुउद्देश्यीय परियोजनामा पहिलो पटक प्रयोग गरिएको थियो र सफल पनि भएको थियो।खनालका अनुसार यो अन्तर्रा्ष्ट्रिय स्तरको प्रविधि हो र यसले गर्ने नापजाँच विश्वासिलो हुन्छ । यो मेसिनलाई डुंगा र्वा याफ्टिङ बोटमा जडान गरी सजिलैसँग नदी वा तालको गहिराइ नाप्न सकिन्छ । नारायणी नदीमा अहिले पानीको बहाव बढेकाले मोटर बोटमा जडान गरेर गहिराइ नाप्ने काम भइरहेको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.